नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले नक्कली शरणार्थी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

गम्भिर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्र्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने उनको धारणा छ । यसबारे पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा पनि आफूले यो विचार राखेको भन्दै महामन्त्री थापाले हिजो पनि, आज पनि र भोलि पनि आफ्नो धारणा यही नै रहने उनको भनाइ छ ।

‘‘विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ । पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै । यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।’’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउनुपर्ने भन्दै अनुसन्धान हुन्जेलसम्म निलम्बन हुने कुरा स्वभाविक रहेको उल्लेख गरेका छन् । आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानूनबमोजिमको सजाय पाउनै पर्ने भन्दै उनले यसलाई पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्ने बताएका छन् । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनुपर्ने उनले जनाएका छन् ।

‘‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।’’ उनले लेखेका छन् ।

 

 

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ७ : ३३ बजे

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न