नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्न महामन्त्री थापाको माग


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे धारणा सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले नक्कली शरणार्थी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

गम्भिर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्र्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने उनको धारणा छ । यसबारे पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा पनि आफूले यो विचार राखेको भन्दै महामन्त्री थापाले हिजो पनि, आज पनि र भोलि पनि आफ्नो धारणा यही नै रहने उनको भनाइ छ ।

‘‘विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ । पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै । यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।’’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस र पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउनुपर्ने भन्दै अनुसन्धान हुन्जेलसम्म निलम्बन हुने कुरा स्वभाविक रहेको उल्लेख गरेका छन् । आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानूनबमोजिमको सजाय पाउनै पर्ने भन्दै उनले यसलाई पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्ने बताएका छन् । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनुपर्ने उनले जनाएका छन् ।

‘‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।’’ उनले लेखेका छन् ।

 

 

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ७ : ३३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै