तिब्बती महिलाको अवस्थालाई लिएर राष्ट्रसङ्घीय समितिद्वारा चीनमाथि प्रश्न | Khabarhub Khabarhub

तिब्बती महिलाको अवस्थालाई लिएर राष्ट्रसङ्घीय समितिद्वारा चीनमाथि प्रश्न


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिब्बती महिलाहरूको अवस्थालाई लिएर संयुक्त राष्ट्रसङ्घीय समितिले चीनमाथि प्रश्न गरेको छ ।

तिब्बती महिलाको अवस्थाबारे चिन्तित रहेको भन्दै राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी समिति (सिइडिएडब्ल्यु) ले चीनलाई प्रश्न गरेको हो ।

समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितका बारेमा गहिरो चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको छ ।

तिब्बतमा बस्ने महिलाको लैङ्गिक समानता, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँच, राजनीतिक संलग्नता, धार्मिक एवम् सांस्कृतिक अधिकार संरक्षणलगायत विषयमा पनि समितिले चीन सरकारसँग जवाफ मागेको छ ।

बैठकमा महिला हकअधिकार संरक्षणसम्बन्धी तिब्बत ब्युरो र तिब्बती महिला सङ्घले तिब्बतमा महिलाले झेल्नुपरेका समस्याबारे जानकारी दिएका थिए ।

बैठकमा ती संस्थाका प्रतिनिधिले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

मानवअधिकार समूहले उठाएका विषयमा चीन सरकारका तर्फबाट समितिलाई जवाफ दिँदै सिइडिएडब्ल्युका प्रतिनिधिले लैङ्गिक समानता सुनिश्चित गर्न, तिब्बती महिलाको अवस्थामा सुधार ल्याउन, महिला अधिकार सुदृढ तुल्याउन तथा उनीहरूलाई थप अधिकार दिने प्रयास भइरहेको बताएका थिए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  २ : ४९ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ