साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ : महामन्त्री शर्मा « Khabarhub

साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ : महामन्त्री शर्मा


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यकार हुन परिस्थिति मात्रै नभई, मनस्थिति पनि चाहिने बताएका छन् । ललितपुरमा साहित्यकार वसन्तश्रीको ११औँ कृति हिमाल खण्डकाव्यको आज विमोचन गर्दै उनले लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ राजनीतिबाट त्यति सन्तुष्टि प्राप्त हुन नसक्ने बताए ।

हुम्लाको सिमकोटमा जन्मिएका वसन्तश्री मानसरोवर बहुमुखी क्याम्पस सिमकोटका पूर्व क्याम्पस प्रमुख छन् । उनले कर्णालीबाट काठमाडौँ आएर भोग्नुपर्ने पीडा र सङ्घर्षमा आधारित रहेर खण्डकाव्यमा तयार पारेका छन्। खण्डकाव्यमा १० खण्ड रहेका छन् ।

“साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ । साहित्यमा जति तागत छ, त्यति राजनीतिमा छैन । लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ । लेखिएका कृतिहरुले तत्काल मात्रै हैन, चीर काल पर्यान्तसम्म प्रभाव पर्छ । लेखकको शक्ति चीर कालसम्म प्रभाव पार्छ ।” महामन्त्री शर्माले भने ।

उनले सहर बन्दै गएको, भवन ठडिँदै गएको, तर भावना मर्दै गएको अवस्थामा कविताले भावनात्मक सम्बन्धलाई जोडेको तर्क गरे। सृजनशीलताले नेपाली साहित्यमा सकारात्मक प्रभाव छोड्ने बताउँदै उनले कर्णाली अबको दशकमा समृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गरे। साहित्यको माध्यमबाट नेपालीपनको भावलाई सौन्दर्यीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै साहित्यकार प्राडा मोहनप्रसाद तिमल्सिनाले कविता भनेको लेखकले भन्दा पाठकले बुझ्ने बताए । उनले भने, “कविता भनेको लेखकले भन्दा पाठकले बुझ्छ । यो खण्डकाव्य चलचित्रात्मक शैलीमा लेखिएको छ । जीवन र जगतसँग सापेक्ष सम्बन्ध राख्ने सन्देशमूलक छ । यो काव्य मानिसलाई स्वाभिमानी बनाउने सन्देश दिने खालको छ ।”

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै खण्डकाव्यमा पिएचडी गर्नुभएका प्राध्यापक डा नारायण गर्तौलाले लेखक नै खण्डकाव्यको पात्रमा व्यक्त भएको हो कि भन्ने भान हुने बताए । “कर्णालीको वेदना हिमाल खण्डकाव्यमा व्यक्त भएको छ । खण्डकाव्य भनेको जीवनको एउटा क्षणलाई व्यक्त गर्ने काव्य हो । खण्ड काव्यमा हिमाल र यार्साको यौन, शिक्षा, स्वास्थ र प्रेमलाई व्यक्त गरिएको छ ।” उनले भने।

लेखक वसन्तश्री (वसन्त रोकाया)ले हिमाल पुरुष प्रदान खण्डकाव्य भएको बताए । उनले समाजमा भएका गतिविधिलाई साहित्यमार्फत व्यक्त गर्नुपर्ने र त्यसलाई राजनीतिमार्फत बदल्नुपर्ने बताए ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ९ : ०९ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना