अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने « Khabarhub

अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोहा– अब कुवेतबाटै पुनः श्रम स्वीकृति प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा गन्तव्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम नेपाली दूतावासबाट श्रम स्वीकृति प्रदान गरिने भएको हो ।

पुनः श्रम स्वीकृत लागि आवेदन गर्दा अनलाइन फारम भर्नुपर्ने छ ।  अनलाइन फारम भर्दा सम्बन्धित व्यक्ति आफैले भर्नुपर्छ। आफ्नो इमेल र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ ।

आफैले भर्न सम्भव नभएमा त्यसको  लागि अन्य सहयोगी व्यक्ति, संस्था वा दूतावासका स्वयम् सेवक मार्फत पनि भर्न सकिने दूतावासले जनाएको छ । अनलाइन आवेदन गर्दा निम्न डकुमेन्ट तयारी अवस्थामा राख्नुपर्छ। र सो को स्क्यान कपि प्रविष्टि गर्नुपर्दछ।

१. अपलोड गर्नुपर्ने कागजातहरू 

राहदानीको प्रतिलिपि,
कुवेतको आवासीय भिसा को प्रतिलिपि,
यस अगाडि श्रम स्वीकृति लिदाको कम्पनी र हाल कार्यरत कम्पनी फरक-फरक भएमा हाल कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्र,
सवारी चालकहरूको हकमा कुवेतबाट जारी भएको सवारी चालक अनुमति पत्र ।

२. घरेलु कामदारहरूका सम्बन्धमाः
कुवेतमा रहेका घरेलु कामदारहरूले पुनः श्रम स्वीकृति लिनको लागि आवेदन पेश गर्दा बुँदा नं १ मा उल्लेख गरिएका कागजातहरूका अतिरिक्त देहाय बमोजिमको कागजात पेश गर्नु पर्नेछ ।
स्पोन्सरको सिभिल आई।डी तलब, भत्ता लगायतका अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र।
स्वघोषणा पत्र ।
अनुसूची ८ को पत्र समावेश गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : २० बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो