खोटाङका स्थानीय तहमा जनसंख्या घट्दै | Khabarhub Khabarhub

खोटाङका स्थानीय तहमा जनसंख्या घट्दै


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ। तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको हो । नागरिकलाई गाउँमै अडेर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावमा हरेक स्थानीय तहको जनसंख्या घटेको हो । 

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसंख्या घटेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५.०४ प्रतिशतले जनसंख्या घटेको तथ्यांक कार्यालयले जनाएको छ । 

२०६८ मा २२ हजार ४७४ जनसंख्या रहेको खोटेहाङको जनसंख्या २०७८ मा १६ हजार ८४६ मा झरेको छ । यस्तै, १० वर्षको अन्तरालमा जन्तेढुंगा गाउँपालिकाको जनसंख्या २२.२० प्रतिशतले घटेको छ । २०६८ मा १५ हजार ४४४ जनसंख्या रहेको जन्तेढुंगामा २०७८ मा १२ हजार १६ जनसंख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा २० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १४ हजार ३४९ जनसंख्या रहेको बराहपोखरीमा २०७८ मा ११ हजार ३९७ जनसंख्या देखिएको छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जनसंख्या १९.१८ प्रतिशतले घटेको छ । २०६८ मा २० हजार १७५ जनसंख्या रहेको दिप्रुङ चुईचुम्माको जनसंख्या २०७८ मा १६ हजार ३०५ मा झरेको छ । ऐसेलुखर्क गाउँपालिकामा १७.८९ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १६ हजार ९७ जनसंख्या रहेको ऐसेलुखर्कमा २०७८ मा १३ हजार २१७ जनसंख्या कायम देखिएको छ । साकेला गाउँपालिकाको जनसंख्या १७ प्रतिशतले घटेको छ । २०६८ मा ११ हजार ५९४ जनसंख्या रहेको साकेलामा २०७८ मा ९ हजार ६२३ जनसंख्या गणनामा आएको तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महतोले जानकारी दिए । 

रावाबेँसी गाउँपालिकामा १६.२३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १३ हजार ३६९ जनसंख्या रहेको रावाबेँसीमा २०७८ मा ११ हजार १९९ जनसंख्या देखिएको छ । केपिलासगढी गाउँपालिकामा १३.४५ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा १५ हजार २८८ जनसंख्या रहेको केपिलासगढीको जनसंख्या २०७८ मा १३ हजार २३१ मा झरेको छ । 

हलेसी तुवाचुङ नगरपालिकाको जनसंख्या ८.३१ प्रतिशतले घटेको छ । २०६८ मा २९ हजार ५३२ जनसंख्या रहेको हलेसी तुवाचुङमा २०७८ मा २७ हजार ७८ जनसंख्या गणनामा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ८.३० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा ४६ हजार ९०३ जनसंख्या रहेको दिक्तेल रूपाकोट मझुवागढीमा २०७८ मा ४३ हजार ८ जना जनसंख्या देखिएको तथ्यांक कार्यालयले जानकारी दिएको छ । बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । 

समग्र खोटाङमा १५.०३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालको जनगणनामा २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ मा १ लाख ७५ हजार २९८ जनसंख्या गणना गरिएको छ । जिल्लामा महिलाको जनसंख्या ८८ हजार ६६१ र पुरुषको जनसंख्या ८६ हजार ६३७ रहेको छ । २०६८ मा ४२ हजार ६४७ घर परिवार रहेको जिल्लामा २०७८ मा घर परिवार संख्या ४१ हजार ७५० रहेको पाइएको छ ।  

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १२ : २३ बजे

इजरायली आक्रमणमा प्यालेस्टिनी क्यामेराम्यानको मृत्यु, पत्रकार घाइते

एजेन्सी– इजरायली आक्रमणमा गाजा पट्टीमा सञ्चालित एक टेलिभिजनका एक ‘क्यामेराम्यान’को

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु

श्रीमतीलाई खुकुरी प्रहार गर्दा घाइते बनेका श्रीमान प्रहरी नियन्त्रणमा 

सुनसरी– आफ्नै पेटमा खुकुरी प्रहार गरेर आन्द्रा भुँडी निस्केको अवस्थामा

भारतबाट दशैँ मनाउन दुई लाख बढी नेपालगञ्ज नाका हुँदै घर फर्किए

राँझा – रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख

चंगा‍‍ चेट ! (तस्बिरहरु)

काठमाडौं । प्राचीन कालदेखि चीनबाट शुरु भएको चंगा उडाउने प्रचलन