काठमाडौँ महानगरले हटायो अव्यवस्थित टिकट काउन्टर  | Khabarhub Khabarhub

काठमाडौँ महानगरले हटायो अव्यवस्थित टिकट काउन्टर 


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट बिभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गरिएपछि चक्रपथ क्षेत्रमा अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ ।

काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर, गौशाला, चावहील, बल्खु लगाएका स्थानमा पुगेर अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर हटाएको हो । सो क्रममा महानगर प्रहरीले टिकट बिक्रीका लागि लागिएका बोर्ड व्यानर हटाएर जफत गरेको छ ।

महानगरपालिकाले काठमाडौँ उपत्यकाका सार्वजनिक गाडीलाई व्यवस्थित बनाउनका सूचना जारी गरी आजदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । उपत्यका बाहिरिने साना सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्क पछाडि पार्किङ  र टिकट काउन्टरको व्यवस्था गरिएको महानगरले जनाएको छ । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : ४१ बजे

‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल

काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगु– मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान

बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १२ जनाको मृत्यु

एजेन्सी– बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार,

स्याउ उत्पादक किसानलाई सडक बाधक

काँक्रेविहार– कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ ।

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल