बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह « Khabarhub

बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो ।

मन्त्रालयले सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेरमात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी तथा सडेगलेका खानेकुरा नखान, काँचो खान मिल्ने फलफूल र तरकारीको सरसफाइमा विशेष ध्यान पुर्याउन आग्रह गरेको छ ।

यसैगरी, खानालाई छोपेर राख्न र खुला रुपमा दिसापिसाव नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसापिसाब गरिसकेपछि साबुनपानीले हात धुनसमेत आग्रह गरिएको छ । मन्त्रालयले बालबालिकालाई हैजा तथा झाडाझाडापखाला लागेमा घरमा नै उपचार गर्नसमेत आग्रह गरेको छ ।

पखला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटक पटक खुवाउन आग्रह गरिएको छ । बालबालिकालाई प्रशस्त मात्रामा सफा तथा झोल खानेकुरा खुवाउन, नरम तथा पच्ने खानेकुरा खुवाउन, जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउन र सरसफाइमा ध्यान दिन अभिभावकलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ११ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य