जेस्मको निर्देशनमा बन्यो ‘सर्ट टर्म मेमोरी लस’ « Khabarhub

जेस्मको निर्देशनमा बन्यो ‘सर्ट टर्म मेमोरी लस’


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक, सङ्गीतकार जेम्स प्रधानको निर्देशनमा सर्ट फिल्म ‘सर्ट टर्म मेमोरी लस’को प्रिमियर गरिएको छ । एउटै कथालाई गीत र छोटो फिल्ममा प्रस्तुत गरेका गायक प्रधानले आफू निकट भविष्यमा फिचर फिल्मको निर्देशक बन्न सक्ने दाबी गरे ।

सर्ट फिल्ममा समिसन जिसी र बेदना राईको अभिनय रहेको छ । यी दुईको खोला किनारमा हुने भेटले निम्तिने परिस्थितीलाई चित्रण गरिएको छोटो चलचित्र १९ लम्बाईको रहेको छ । यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रंग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका हुन्।

कार्यक्रममा निर्देशक जेम्सले इन्टरनेटको माध्यमले आफूले सिकेको सिपलाई प्रयोग गरेर निर्देशक बनेको बताए । ‘मैले विभिन्न भिडियो हेरेर निर्देशनका विविध पक्षमा आफ्नो क्षमतालाई प्रयोग गरिरहेको थिएँ । त्यहि क्रममा निर्देशनसँगै यसमा लेखक पनि बनेको हुँ’, जेम्सले भने । उनको यो दोस्रो सर्ट फिल्म हो ।
त्यस्तै निर्देशक राजेन्द्र शल्लभले विज्ञापन बनाउने क्रममा नै जेम्सको प्रतिभालाई महसुश गरेको बताए । ‘मैले जेम्समा गायनसँगै स्टोरी टेलीङको क्षमता बुझ्न पाए । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएँन’, निर्देशक शल्लभले भने ।

अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले फिल्म हेरेपछि नियमित भन्दा फरक महसुश गरेको प्रतिक्रिया दिए । ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’, अभिनेता प्रशान्तले भने ।

लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भिम तुलाधर, संगीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ३३ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि