पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा « Khabarhub

पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पा पूर्ण खोप सुनिश्चित बनेको छ । दश स्थानीय तहका बालबालिका खोपको पहुँचमा आएसँगै सबै पालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका छन् ।

विसं २०७० फागुन १३ गते पाल्पालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । चालु आर्थिक वर्षमा पनि जिल्लाका सबै पालिका जेठ मसान्तभित्र पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको छ ।

खोप लगाउन छुट भएका बालबालिकाको स्वास्थ्यकर्मीले घर घरमा पुगेर खोजी गरी खोप लगाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेपछि जिल्लाका सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषित गरिएको हो ।

खोप लगाउन छुटेका बालबालिकालाई स्वास्थ्यकर्मीले खोजी गरी खोपको पहुँचमा ल्याएसँगै पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला बनाउन सकिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए । उनले खोप पूर्ण रुपमा निःशुल्क हुँदाहुँदै पनि नेपालमा विविध कारणले चार प्रतिशत बालबालिकाले पूर्ण मात्राबाट बञ्चित हुने गरेको बताए ।

“यसवर्ष खोज र खोप अभियानसमेत चलाएको हुँदा नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ”, उनले भने ।

अभिभावकले बालबालिकालाई खोप नियमित लगाउन महत्व नदिएको हुँदा स्वास्थ्यकर्मी आफैँले अभिभावकलाई फोन गरेर बोलाउनुपर्ने परिस्थिति रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

अझै पनि केही अभिभावकमा आफ्ना बालबालिकालाई नियमित खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास हुन नसकेको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताए । उनका अनुसार रामपुरमा पाँच जना बालबालिकामध्ये तीन धार्मिक कारण देखाउँदै खोपको पहुँचमा नआएको, दुई बालबालिका आंशिक बसाइ रहेकाले खोपबाट वञ्चित भएको पाइएको छ ।

मापदण्डअनुसार बच्चा जन्मेको १५ महिनाभित्र विभिन्न १४ प्रकारका खोप लगाउनुपर्छ । पाल्पामा यो वर्ष पहिलो पटक खोप सुरु गर्ने तीन हजार ८० बालबालिका र पूर्ण खोप पाउने दुई हजार नौ सय २४ रहेका छन् । जिल्लामा २३ महिनादेखि पाँच वर्ष उमेर समूहका दश जना बालबालिकालाई खोप लगाइएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ५७ बजे

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री