पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा « Khabarhub

पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पा पूर्ण खोप सुनिश्चित बनेको छ । दश स्थानीय तहका बालबालिका खोपको पहुँचमा आएसँगै सबै पालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका छन् ।

विसं २०७० फागुन १३ गते पाल्पालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । चालु आर्थिक वर्षमा पनि जिल्लाका सबै पालिका जेठ मसान्तभित्र पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको छ ।

खोप लगाउन छुट भएका बालबालिकाको स्वास्थ्यकर्मीले घर घरमा पुगेर खोजी गरी खोप लगाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेपछि जिल्लाका सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषित गरिएको हो ।

खोप लगाउन छुटेका बालबालिकालाई स्वास्थ्यकर्मीले खोजी गरी खोपको पहुँचमा ल्याएसँगै पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला बनाउन सकिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए । उनले खोप पूर्ण रुपमा निःशुल्क हुँदाहुँदै पनि नेपालमा विविध कारणले चार प्रतिशत बालबालिकाले पूर्ण मात्राबाट बञ्चित हुने गरेको बताए ।

“यसवर्ष खोज र खोप अभियानसमेत चलाएको हुँदा नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ”, उनले भने ।

अभिभावकले बालबालिकालाई खोप नियमित लगाउन महत्व नदिएको हुँदा स्वास्थ्यकर्मी आफैँले अभिभावकलाई फोन गरेर बोलाउनुपर्ने परिस्थिति रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

अझै पनि केही अभिभावकमा आफ्ना बालबालिकालाई नियमित खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास हुन नसकेको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले बताए । उनका अनुसार रामपुरमा पाँच जना बालबालिकामध्ये तीन धार्मिक कारण देखाउँदै खोपको पहुँचमा नआएको, दुई बालबालिका आंशिक बसाइ रहेकाले खोपबाट वञ्चित भएको पाइएको छ ।

मापदण्डअनुसार बच्चा जन्मेको १५ महिनाभित्र विभिन्न १४ प्रकारका खोप लगाउनुपर्छ । पाल्पामा यो वर्ष पहिलो पटक खोप सुरु गर्ने तीन हजार ८० बालबालिका र पूर्ण खोप पाउने दुई हजार नौ सय २४ रहेका छन् । जिल्लामा २३ महिनादेखि पाँच वर्ष उमेर समूहका दश जना बालबालिकालाई खोप लगाइएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ५७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन