इन्धनमा भोलिदेखि स्वचालित मूल्य कार्यान्वयनमा | Khabarhub Khabarhub

इन्धनमा भोलिदेखि स्वचालित मूल्य कार्यान्वयनमा


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । निगमले २०८० साल साउन १ गतेदेखि इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने जनाएको छ ।

निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ । 

यसअघि मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेल र मट्टितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।  

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ५० बजे

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द

नयाँ दिल्ली – गर्मी बढेपछि भारतको दिल्ली सरकारले सबै विद्यालय

सिरोहिया पक्राउ पर्नुमा प्रहरीका ६ आधार

जनकपुरधाम– प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुका

सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो

जनकपुरधाम –  नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्