कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीबाट लागूऔषधसहित प्रहरीले एकै दिन ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवक र एक युवतीसहित ६ जनालाई पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका–४ गोदावरीबाट दुई ग्राम ८६० मिलीग्राम लागुऔषधसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैबाहकी २० वर्षीया कबिता बस्नेतसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट १० ग्राम लागूऔषधसहित धनगढीकै बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका–२ घर भएका २२ वर्षीय मनोज चन्द पनि शनिबार साँझ पक्राउ परेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका–५ का २४ वर्षीय आकाश भट्ट पनि लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन