दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो « Khabarhub

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् ।

दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

प्रान्तहरूका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ भने केही क्षेत्रहरूमा गत हप्ता नौ सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा नौ जना अझै बेपत्ता छन् भने दक्षिणपश्चिमी जियोला, चुङछियोङ र ग्योङसाङ प्रान्तमा मङ्गलबारसम्म २५० मिलिमिटरसम्म थप वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी, आवास भत्किने र पहिरोका कारण देशभर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारी साधनबाट नौ जनाको शव फेला परेको छ । अविरल वर्षाका कारण १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : १३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले