दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो « Khabarhub

दक्षिण कोरियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् ।

दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ ।

प्रान्तहरूका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ भने केही क्षेत्रहरूमा गत हप्ता नौ सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा नौ जना अझै बेपत्ता छन् भने दक्षिणपश्चिमी जियोला, चुङछियोङ र ग्योङसाङ प्रान्तमा मङ्गलबारसम्म २५० मिलिमिटरसम्म थप वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी, आवास भत्किने र पहिरोका कारण देशभर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ ।मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारी साधनबाट नौ जनाको शव फेला परेको छ । अविरल वर्षाका कारण १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै