किन हुन्छ घाँटी दुख्ने समस्या ? | Khabarhub Khabarhub

किन हुन्छ घाँटी दुख्ने समस्या ?


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

अहिले मनसुन र गर्मी दुवै चलिरहेको छ। यो मौसमले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ। मौसम परिवर्तन हुने क्रममा हामीलाई घाँटी दुख्नु, चिसो लाग्नु र रुघाखोकी लाग्नु सामान्य कुरा हो। तर कहिलेकाहीँ यो समस्याले धेरै तनाव दिन पनि सक्छ। नाक, कान र घाँटीको समस्याले घाँटीमा खसखस हुन्छ। सामान्यजस्तो लागे पनि घाँटीमा खसखस हुनु गम्भीर रोगको लक्षण पनि हुनसक्छ। धेरै नै गाह्रो भयो भने चाँडोभन्दा चाँडो त्यसको उपचार गराउनु नै उचित हुने चिकित्सकले बताएका छन्। खबरहबका लागि नाक, कान घाँटी रोग विशेषज्ञ डा. रौनक दाहालसँग गरिएको कुराकानीको सम्पादित अंशः

मानिसमा घाँटी दुख्ने वा खसखसाउने समस्या किन देखिन्छ ?
अहिलेको मौसममा धुलो धुवा, निरन्तर वर्षातको पानीको चिसो, कुकुर बिरालोको रौँले गर्दा मानिसमा धेरै घाँटी दुख्ने वा खसखसाउने समस्या देखापर्छ। मानसिक समस्याका कारणले पनि घाँटी खसखसाउने, अड्किने हुन्छ। ग्लोबस भन्ने एउटा रोग हुन्छ, जसमा सबै कारणहरू नर्मल हुने तर बिरामीलाई अड्किने समस्या हुन्छ। हामी पनि यो मानसिक कारणले हो भनेर मनोचिकित्सक कहाँ सल्लाह लिन पठाउँछौँ। यो जुन उमेरमा पनि हुन्छ।

घाँटी दुख्ने वा घाँटी खसखसाउने समस्या कस्तो अवस्थामा देखा पर्छ ?
घाँटी दुख्ने वा खसखसाउने समस्या कतिपय रोगमा सँगसँगै हुन्छ। कतिपयमा छुट्टै पनि हुन्छन्। यदि पानीको कमीले गर्दा डिहाइड्रेसनले भएर, प्रेसरको औषधिले, एलर्जीले ग्यास्ट्रिकले गर्दा खसखसाउने भएको हो भने त्यो दुखाइ नहुने खालको हुन्छ। अन्यमा क्यान्सरले भएको वा इन्फेक्सनले गर्दा भएको हो भने घाँटी दुख्ने पनि हुन्छ।

घाँटी दुख्ने वा घाँटी खसखसाउने समस्या कस्तो व्यक्तिमा धेरै देखिन्छ ?
बच्चादेखि जुनसुकै उमेर समूहका बिरामी पनि यो समस्या दिएर अस्पताल आउनु हुन्छ। तर यो समस्या विषेश गरी वृद्ध व्यक्तिमा वा रोगसँग लड्न सक्ने क्षमता कम भएको मानिसमा धेरै देखिन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएको कारणले उनीहरुमा छिटो इन्फेक्सन हुने देखिन्छ।

यो समस्यालाई कसैले टन्सिल पनि भनेर बस्ने गर्छन् के यो तीन ओटै समस्या एउटै कारणले हुने हो ?
घाँटी खसखसाउने भनेको नै टन्सिलको इन्फेक्सन अर्थात् टन्सिल पाक्ने समस्या हो। यसको सुरुवातमा घाँटी खसखसाउनेबाट हुन्छ र विस्तारै पछि गएर केही निल्दा वा खाना खाँदा दुख्ने हुन्छ। यसको लागि घरमा चिसो परिकारका खानेकुरा नखाने, धुलो धुवाबाट टाढा रहने, मनतातो पानीमा नुन राखेर बिहान बेलुका कुला गर्ने, मह खाने र प्रशस्त मात्रामा झोलिलो कुराहरू खाने गर्नुपर्छ।

यो समस्या लिएर अस्पताल गएपछि उपचार कस्तो हुन्छ ?
यसको लागि पहिला हामीले के कारणले घाँटीमा समस्या भएको हो भनेर थाहा पाउनको लागि इन्डोस्कोपी गरेर र्हेर्छौँ। के को एलर्जीले गर्दा भएको हो। त्यो पता लगाउँछौँ, धूम्रपान सेवन गरेको छ भने त्यसलाई रोक्छौँ। प्रेसको औषधिले गर्दा हो भनी छुट्याउछौँ।

यो समस्याको समयमा नै उपचार नगर्दा कस्तो जोखिम निम्तिन्छ ?
घाँटी दुख्ने र खसखसाउने समस्या कतिपयलाई क्यान्सरको कारणले पनि भएको हुनसक्छ। त्यसले पछि गएर ठुलो घाउ भएर विकराल अवस्था ल्याउँछ। ग्यास्ट्रिकले गर्दा हो भने पछि गएर अल्सर पनि हुनसक्छ। कतिपय सामान्य हुन सक्छ। कतिपयको गाह्रो हुन्छ। यदि धेरै घरेलु उपचार गरेर पनि निको भएको छैन भने घाँटी खसखसाउने, दुख्ने र बोली भासिने छ भने तुरुन्तै अस्पताल जानु पर्छ ।

फ्रिजमा राखेको वा चिसो खानेकुरा खायो भने पनि यो समस्या आउने हो ?
जे कुरा पनि फ्रेस नै खाएको राम्रो हुन्छ। धेरै समय फ्रिजमा राखेर खाँदा फुड पोइजन पनि हुनसक्छ। चिसोको एलर्जी जुन कोल्ड एलर्जी भनिन्छ त्यसले चिसोको एलर्जी भएको मान्छेलाई यसले असर गर्दछ। घाँटीको पाछिएको रातो पना जुन पाक्ने अवस्थाहरू आउने तातोले कम गर्छ। चिसोले ब्याक्टेरियाहरू बढाउने हुन्छ।

घाँटीमा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
घाँटीमा ग्यास्ट्रिकको कारणले समस्या भएको हो भने चिल्लो पिरो अमिलो नखाने, राति खाना खाएको दुई घण्टा पछि मात्र अग्लो सिरानी हालेर सुत्ने गर्नुपर्छ। पानीको मात्रा कम भएर भएको हो भने पानी र झोलिलो खाना खाने गर्नुपर्छ।

धेरै बोल्ने मान्छेमा पनि यो समस्या आउँछ त्यसैले आराम गर्दै बोल्ने गर्नुपर्छ। चुरोट रक्सी सेवन गर्ने मान्छे छ भने त्यो छोड्ने। सधैँ बिहान बेलुका मनतातो पानीमा नुन हालेर कुला गर्ने र पर्याप्त मात्रामा व्यायाम गर्ने गर्नुपर्छ। सधैँ स्वस्थ र सफा घरैमा बनाएका खाना खाने, कुनै समस्या भएर समयमा नै निको भएन भने अस्पतालमा नै जानुपर्छ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ०३ बजे

सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब

टेम्पोसँगै आत्मसम्मान हाँक्दै गरेकी रञ्जिता

काठमाडौं– काम गर्न मानिसमा आँट र हिम्मत भए पुग्छ ।

एक्लिएपछि मास्कमा टेप टाँसेर बसे मुकुल ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक घण्टी घर

रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ 

काठमाडौं– प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ