कोसी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्रीमा नियुक्त « Khabarhub

कोसी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्रीमा नियुक्त


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका कोसी प्रदेश सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् । 

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

नवनियुक्त मन्त्री मण्डलले आजै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।

सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएसँगै गठबन्धनको बहुमत पुगेपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेस सांसद मण्डललाई प्रदेश सभा बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आइलाग्दा सरकारले विश्वासको मत लिने बेलामा बहुमत नपुग्ने जोखिम देखिएपछि सत्ता गठबन्धनले उनलाई मन्त्री बनाएको हो ।  

९३ सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि चाहिने बहुमत संख्या ४७ पुर्‍याउन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएपछि सत्ता गठबन्धनलाई उपसभामुख सिर्जना दनुवारले पनि राजीनामा दिने डर भने कायमै छ। उनी नेकपा एमालेकी सांसद हुन्। गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद छन् ।

थापाले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।‌ प्रदेशसभाको बैठक भदौ १ गते बोलाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १० : २५ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा