संसदको गतिरोध हटाउन एमालेलगायतका दलसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय | Khabarhub Khabarhub

संसदको गतिरोध हटाउन एमालेलगायतका दलसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बसेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदमा जारी गतिरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलसँग छलफल गर्ने निर्णय गरेको छ । 

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आए पनि सत्ता गठबन्धनले त्यसको आवश्यकता नभएको बताउँदै आएको छ ।

प्रमुख प्रतिपक्ष र सरकार आआफ्नै अडानमा रहँदा साउन १० गते यताका सबै बैठक प्रतिपक्ष दल एमालेका कारण अवरुद्ध हुँदै आएको ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, लगायतका नेताहरू सहभागी थिए । 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ११ : ५७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र