लमजुङमा आँखा पाक्ने रोगबाट झण्डै तीन हजारजना संक्रमित, केही विद्यालय बन्द « Khabarhub

लमजुङमा आँखा पाक्ने रोगबाट झण्डै तीन हजारजना संक्रमित, केही विद्यालय बन्द


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लमजुङ– विगत केही दिनयता लमजुङमा पनि आँखा पाक्ने रोग तीब्र रुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७३३ जना आँखा पाक्ने रोगको सङ्क्रमणबाट ग्रसित भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबारसम्म सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९१२, मध्यनेपाल नगरपालिकामा ४५७, राइनास नगरपालिकामा ४०८ बेँसीसहर नगरपालिकामा २५०, मर्स्याङ्दी गाउँपालिकामा ५३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा संक्रमण फेला परेको छ ।

जनस्वास्थ्य कार्यालय लमजुङका जनस्वास्थ्य निरीक्षक दीपक बम्जनका अनुसार आँखा पाक्ने रोगले वृद्धवृद्धादेखि बालबालिकासम्मलाई प्रभावित बनाएको छ । 

कुन उमेरका कति संक्रमति भनेर तथ्यांक नभएपनि विशेषगरि बालकालिका धेरै प्रभावित भएका छन् । विद्यालयमा रहँदा समूहमा बस्ने हुँदा बालबालिकामा धेरै संक्रमण भएको बताइएको छ । अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका केही विद्यालय बन्द गरिएका छन् ।

बेसिशहर नगरपालिकाको बेँसीसहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनका लागि बन्द गरिएको हो ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण सङ्क्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरूको भनाइ छ । भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चारदेखि १२ दिन लाग्छ ।

यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा पनि विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाई छ । सङ्क्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १२ : ३८ बजे

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

बेइजिङ- विश्वमा जडान हुने औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्रको अन्तरदिवसीय (इन्ट्राडे) कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र

गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

एजेन्सी – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को