दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा  राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, सुन तस्करी प्रकरण स् थप चार जना चिनियाँ नागरिक पक्राउ, उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घटेको अध्यक्ष ओलीको आरोप, विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री,  ललिता निवास प्रकरण : दुई आरोपी रिहा, प्रधानसेनापति शर्मा र तिब्बत सैनिक कमाण्डका मेजर जनरलबीच शिष्टाचार भेटलगायतका समाचारले प्रमुख स्थान पाए ।

ललिता निवास प्रकरण : दुई आरोपी रिहा

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

सुन तस्करी प्रकरण : थप चार जना चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै उनले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।

उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घट्यो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घटेको जिकिर गरेका छन् ।

एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानबिन आयोग गर्न माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गरेका हुन् ।

सामाजिक सुरक्षा योजनालाई एकीकृत र सघनरुपमा सञ्चालन गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताएका छन् ।

प्रधानसेनापति शर्मा र तिब्बत सैनिक कमाण्डका मेजर जनरलबीच शिष्टाचार भेट

प्रधानसेनापति प्रभुराम शर्मासँग चिनियाँ जनमुक्ति सेनाको तिब्बत सैनिक कमाण्डका मेजर जनरल युई एण्डीले शिष्टाचार भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच आज भएको भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओली बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

आजको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेले गरिरहेको सदन अवरुद्धलाई लिएर चासो देखाएको स्रोतले जनाएको छ ।

‘संघीय निजामती विधेयक एक साताभित्रै सदनमा दर्ता हुन्छ’
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती विधेयक एक साताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए।

सरकार सुशासनमा केन्द्रित छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताएकी छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताए ।

भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन् ।

रवि लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ्बीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा भएको सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो ।

बागमती प्रदेशसभा आह्वान नहुँदा कृषि विकास विधेयक अलपत्र
बागमती प्रदेशमा कृषि विकास विधेयक अलपत्र परेको छ । प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको हो । विगत डेढ महिनादेखि प्रदेशसभा बैठक बस्न नसक्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार गरेको सो विधेयक मन्त्रालयमै अड्किएर बसेको छ ।

एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल
नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् ।

आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको छ भने ।

सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा। प्रकाशशरण महतले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

राष्ट्र निर्माण मञ्च नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकमा धेरै अवसरहरु सिर्जना भइरहेकाले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका हुन् ।

कोसी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्रीमा नियुक्त

नेपाली कांग्रेसका कोसी प्रदेश सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मण्डललाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ९ : ०० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि