कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन « Khabarhub

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका– ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्रयाक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्रयाक्टरलाई जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी गर्न अदालतले रोक लगाएको छ । स्थानीयको प्रयासपछि ट्रयाक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । 

प्रहरीले ट्रयाक्टरलाई गल्याङ नगरपालिकाको जिम्मा लगाएको छ । नगरपालिकाको राजस्व कार्यालयले नियमानुसारको जरिवाना भन्दै १० हजार लिएर ट्रयाक्टरलाई छोडिदिएको छ ।

गल्याङ नगरपालिका–११ का वडा सदस्य प्रकाश भट्टराईले कालीगण्डकी नदीको पटकपटक दोहन हुने गरेको बताए । उनले अवैधरुपमा लोड गरी ल्याएका ढुङ्गा, गिट्टी र बालुवा समात्न खोजे पनि असफल भएको बताए । ‘धेरैपटक म र प्रहरीसँगै घटनास्थलमा गएको छु तर प्रमाण पुष्टि हुन नसक्दा समात्न सकेनौँ’, उनले भने, ‘यो पटक भने ढुङ्गासहितको ट्रयाक्टर समातेर प्रहरीको जिम्मा लगाउन सफल भयौँ ।’

वडा सदस्य भट्टराईले कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाइएकाले चोरी निकासी हुनु राज्यविरुद्धको गतिविधि भएको दाबी गरे । उनले यस क्षेत्रमा यस्ता गतिविधि पटकपटक हुने गरेको भन्दै नगरपालिका चनाखो भएर अवैध गतिविधि रोक्न लाग्नुपर्नेमा जोड दिए ।

टेण्डर प्रक्रिया नगरी नगरपालिका र विभिन्न ठेकेदार तथा कम्पनीको मिलेमतोमा कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन, चोरी तथा निकासी हुने गरेको कतिपय स्थानीयको आरोप छ । उनीहरूले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न ठुलै गिरोह सक्रिय रहेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नसमेत माग गरेका छन् ।

चोरी निकासीमा सक्रिय गिरोहले कालीगण्डकी नदीका ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री निकालेर विभिन्न स्थानका लागि बिक्री गर्ने गरिएको स्थानीयको आशङ्का छ । 

बर्खाको बेला कालीगण्डकी नदीको तटमा ढुङ्गा, गिट्टी र बालुवालगायत निर्माण सामग्री जम्मा हुने गर्दछ । चोरी निकासीमा सक्रिय गिरोहले प्रहरी/प्रशासनलाई छलेर बेलाबेला निर्माण सामग्री उत्खनन गरिरहेका हुन्छन् ।

राम्दी, परेवाकुना, ठूला ढुङ्गा, एक्किया, छर्ती, जिमुवा काप्चेघाट, हुँगीघाट, बेलचौर, बेल्चौर जामुने, निमाघाट गल्याङ नगरपालिकास्थित कालीगण्डकी नदीका प्रमुख ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री जम्मा हुने स्थल हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पावलसिंह लामाले १० दिनयता जिल्ला कारागार नजिकै आँधीखोलाबाट अवैधरुपमा लोड गरी ल्याएको ३० बोरा बालुवासहितको बलेरो जिप र पुतलीबजार नजिकै चिहान घाटबाट समेत त्रिपालले ढाकेर बालुवा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : १३ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित