एनआरएनए अध्यक्षमा कतारबाट आरके शर्माको उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए अध्यक्षमा कतारबाट आरके शर्माको उम्मेदवारी घोषणा


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि कतारबाट राजेन्द्रकुमार (आरके) शर्माले अध्यक्षमा उठ्ने अनौपचारिक घोषणा गरेका छन् ।

नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभागको समन्वयमा कतारमा क्रियाशील ५७ संघ, संस्थाको आयोजनामा कतारमा भएको तिज कार्यक्रममा उनले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । 

शर्माले आफूले ५७ वटा संस्थालाई साक्षी राखेर अध्यक्षमा उठ्ने घोषणा गरेको बताए ।

‘कतारमा स्थापित सबै संघ संस्थाले गरेको कार्यक्रम मार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु,’ शर्माले दोहामा आयोजित कार्यक्रममा भने, ‘१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डा सहित उम्मेदवारी घोषणा हुने छ।‘ आफ्नो उम्मेदवारीप्रति कतारका सबै सामाजिक संघ संस्थाले समर्थन जनाएको उनको दाबी छ ।

उनले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै एनआरएनए आईसीसीको उम्मेदवारी समृद्ध नेपाल बनाउनका लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नका लागि भएको बताए ।

उनले एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्वउपाध्यक्ष सागर नेपालसहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए ।

‘गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा. डंगोल बन्नुभयो,’ उनले थपे, ‘त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नुभयो । नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ, यो पटक त्यो तोडिने छ।’

उनले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकतादेखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए ।

शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिवद्धता जनाए । २१औं शताब्दी अनुसार प्रविधिमैत्री एनआरएनए बनाउनु पर्ने उनको धारणा छ ।

यस्तै, एनआरएनएको आगामी कार्यकाल सन् २०२३–०२५ का लागि वर्तमान उपाध्यक्ष महेश श्रेष्ठले पनि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : १८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर