असोज १६ देखि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता « Khabarhub

असोज १६ देखि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

मनहरी– हेटौँडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो । 

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विजेतालाई रू दुई लाख एक हजार र उपविजेतालाई रू एक लाख एक हजार नगदसहित पुरस्कार वितरण गरिने छ ।

क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८–२० क्लबको सहभागिता रहने जनाउँदै खेलका लागि रू १६ लाख खर्च हुने अनुमान गरिएको बताए ।  

‘स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङले बताए । तीन वर्षअघि स्थापना भएको क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैँले उपाधि हासिल गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ३ : ०१ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने