युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच बिहीबार भेटवार्ता हुँदै | Khabarhub Khabarhub

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच बिहीबार भेटवार्ता हुँदै


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्सकीबीच आगामी बिहीबार राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नेछन् । आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ । 

बाइडेन प्रशासनले कङ्ग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् । विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको  आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर  ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थिए । यो सहायतामा युरेनियम ट्यांकगोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो । 

दुवै नेता यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा पनि सहभागी हुने कार्यक्रम छ । महासभालाई सम्बोधन गर्ने तथा विश्व नेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार नै  युक्रेनी समकक्षीसँग भेट्ने निश्चित भएको छ । 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ३ : ५४ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।