पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएनन् « Khabarhub

पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएनन्


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- डलर तरलता अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका केही कर्मचारीले तलब पाएका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले डलर तरलता अभावका कारण केही कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न असफल भएको द न्यूज इन्टरनेशनल अखबारले जनाएको छ ।

पाकिस्तानी अङ्ग्रेजी दैनिक द न्यूज इन्टरनेशनलका अनुसार अमेरिका, हङकङ र सिङ्गापुरमा खटिएका प्रेस सहचारी र काउन्सिलरहरूले गत जुन महिनादेखि तलब पाएका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले देशको विदेशी मुद्राको सीमा समाप्त भइसकेको बताएको छ । त्यसैले चालु महिनाको पनि तलब निकासा सकेको छैन । डलर अभावले वासिङ्टन, हङकङ र सिङ्गापुरजस्ता अत्याधिक महँगो शहरमा काम गर्ने कूटनीतिक अधिकारीहरूलाई चार महिनासम्म तलबबिना आफ्नो एवं परिवारको भरणपोषणमा कठिनाइ भएको छ ।

वास्तविक आवश्यकताअनुरूप विदेशी मुद्राको हिसाबमा सूचना मन्त्रालयले रकम नछुट्याउँदा यो समस्या उत्पन्न भएको बताइएको छ । गत आर्थिक वर्षमा पनि यस्तै प्रकृतिकको समस्या उत्पन्न भएको थियो तर तत्कालीन अर्थमन्त्री इशाक दारले मन्त्रिपरिषद्को आर्थिक समन्वय समितिमा कर्मचारीका लागि पूरक अनुदानमार्फत तलब व्यवस्था गर्न निर्देशन दिएका थिए ।

केही कूटनीतिक कर्मचारीले अर्थव्यवस्थापनको मानसिक तनाव पनि खेप्नु परेको छ किनकी उनीहरूका सन्तान अध्ययनरत विद्यालय एवं शैक्षिक प्रतिष्ठानले समयमा शुल्क नबुझाएमा उनीहरूलाई परीक्षामा सामेल हुन नदिने चेतावनी दिएका द न्युज इन्टरनेशनलको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : ५२ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि