चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : बागमतीका स्वास्थ्यमन्त्री जोशी « Khabarhub

चिकित्सक कुटपिटको घटनालाई गम्भीररूपमा लिएको छु : बागमतीका स्वास्थ्यमन्त्री जोशी


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । उनले ती अभियुक्तलाई कडा कानुनी कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई आफूले समन्वय गरिरहेको बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज प्रदेशसभा परिसरमा घेराउ गरी आफ्ना समस्या प्रस्तुत गर्दै अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । त्यस अवसरमा मन्त्री जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीले सर्वसाधारण नागरिकको स्वास्थ्यलाई गम्भीर रूपमा लिएर उपचार सेवातर्फ साविकजस्तै जिम्मेवारी बहन गर्नुपर्ने सुझाव दिँदै सर्वसाधारण नागरिकले पनि चिकित्सकलाई सम्मानजनकरूपले हेरेको हुँदा बिरामीलाई प्रतिकूल असर नपर्ने गरी आफ्नो मागप्रति लचिलो बन्न आग्रह गरे ।

उनले चिकित्सकमाथि कुटपिट गर्ने परिवार एवं जुनसुकै राजनीतिक दलको नेता तथा कार्यकर्ता भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे । आज हेटौँडा अस्पताललगायत विभिन्न चिकित्सक र स्वास्थ्यकर्मीको समूहले करिब अढाइ घण्टा जति बागमती प्रदेशसभाको मूल ढोकामा घेराउ गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ७ : २२ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको