विकासका लागि समाजवादी व्यवस्था आवश्यक छ : झलनाथ खनाल | Khabarhub Khabarhub

विकासका लागि समाजवादी व्यवस्था आवश्यक छ : झलनाथ खनाल


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताएका छन् ।

समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा आज पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिए ।

उनले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी, समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउनुपर्ने बताए । उनले भ्रष्टाचार न्यूनीकरणका लागि सबै राजनीतिक दलको साझा दृष्टिकोणको आवश्यक रहेको बताए ।

नेता खनालले संविधान र गणतन्त्र रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने विचार व्यक्त गरे । सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रका लागि समाजवादी अर्थव्यवस्था महत्वपूर्ण हुने उनको भनाइ थियो ।

सो अवसरमा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट इञ्चार्ज डा विजय पौडेल, समाजवादी सहकारी सङ्गठनका अध्यक्ष नवराज अर्याल, सहकारी इन्चार्ज गोविन्द कोइराला, पार्टीका पोलिटब्यूरो सदस्य तथा कृषक महासङ्घका अध्यक्ष बलराम बाँस्कोटालगायतका नेताहरूले शुभकामना मन्तव्य राखे ।।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : २२ बजे

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

जेनेभा– संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको