दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा चीनको भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ छेन्दु पुगे, प्रधानमन्त्री प्रचण्डले भने-कांग्रेस पार्टी हो कि मोर्चा ?, केपी ओली वास्तविक एमाले होइनन् : प्रचण्ड, मंगलबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित, कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने, मुलुकमा भ्रम छर्ने काम भयो, चिर्नुपर्छ : ओली, विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री, कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरणलगायतका समाचारले प्रमुख स्थान पाए ।

चीनको भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ छेन्दु पुगे
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु पुगेका छन् । छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाइयू वियान र नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दङ्गालले स्वागत गरे ।

प्रधानमन्त्री प्रचण्डले भने-कांग्रेस पार्टी हो कि मोर्चा?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पार्टी हो कि मञ्च भनेर बुझ्न नसकिएको बताएका छन्। धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसबारे प्रष्ट हुन नसकेको टिप्पणी गरे।

केपी ओली वास्तविक एमाले होइनन् : प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको बताएका छन् ।

समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहलले ओली वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन् ।

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने
नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ ।

मुलुकमा भ्रम छर्ने काम भयो, चिर्नुपर्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले देश काम लाग्दैन, देशमा अवसर छैन भन्ने भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् ।

मुख्यमन्त्री यादवद्वारा जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिएका छन् ।

राज्यको मिडिया जरुरी छ : पूर्वसञ्चारमन्त्री बास्कोटा
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सही रुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताएका छन् ।

कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण
कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २७१ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, छिट्टै लयमा आउँछ : अर्थमन्त्री महत
अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिट्टै लयमा आउने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिटै लयमा आउने दाबी गरेका हुन् ।

मुलुकको अर्थतन्त्र गम्भीर संकटमा : पूर्वअर्थमन्त्री पौडेल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् ।

मंगलबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित
राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

सहायक रथी अधिकारीलाई प्रधानसेनापति बनाउने प्रचार झुट हो : रक्षामन्त्री
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भ जोडेर गलत प्रचार गरिएको बताएका छन् ।

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालो झण्डा
कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाइएको छ ।

कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाइएको हो ।

संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्छ : कांग्रेस नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सिटौलाले संघीयताको सफल कार्यान्वयनका लागि संसदले देशको पक्षमा नीति निर्माण गर्नसक्छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् ।

‘देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। पारिवारिक भेटघाटका क्रममा आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए।

त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ५९ बजे

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने