आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने « Khabarhub

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ६ : ५८ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक