कोहलीको सुपर स्टार यात्रा | Khabarhub Khabarhub

कोहलीको सुपर स्टार यात्रा


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

कुनै समय विश्व क्रिकेटका सबै भन्दा सफल र उत्कृष्ट खेलाडी डान ब्राडम्यानलाई नै मानिन्थ्यो। सचिन तेन्दुलकरको उदयपछि यी दुईमा को उत्कृष्ट भन्ने बहस नभएको होइन। परन्तु सचिन भन्दा ब्रायन लारालाई माथिल्लो र उच्च कोटीको मान्नेको सङ्ख्यामा पनि कमी थिएन। तेन्दुलकरले एकपछि अर्को सफलता मात्र हात पारेनन् वर्षौँदेखि प्रतीक्षा गरेको विश्वकप क्रिकेटको उपाधि सन् २०११ मा जितेर नै छाडे।

चालु विश्वकपमा एउटा नयाँ बहस सुरु भएको छ। विश्व क्रिकेटको सर्वाधिक सफल खेलाडीको रूपमा विराट कोहलीको चर्चा हुन थालेको छ। घरेलु भूमिमा जारी विश्वकप क्रिकेटमा न्युजिल्यान्ड विरुद्धको सेमिफाइनलमा शतक प्रहार गरेपछि उनी सर्वाधिक सफल खेलाडीको कोटीमा पुगेका हुन्।

मुम्बइको बंखाडे क्रिकेट मैदानमा बुधबार भएको विश्वकप क्रिकेट २०२३ को पहिलो सेमिफाइनल खेल धेरै कारणले महत्त्वपूर्ण थियो। इंङ्ल्यान्डलाई फराकिलो अन्तरले हराउँदै प्रतियोगिताको सुरुवात गरेको न्युजिल्यान्डले सेमिफाइनल प्रवेशसम्मका लागि धेरै नै सङ्घर्ष गर्नु परेको थियो।

यस विश्वकप अगाडि नै कोहलीका केही विशेषता थिए। सामाजिक सञ्जालका एकदमै धेरै फलोअर भएका उनलाई हेर्नका लागि मात्र अहमदाबादमा धेरै जना दर्शक तयार भएको कुरा पहिले नै समाचारको विषय बनेको थियो।

उता भारत नौ खेलमा नौ जितसहित सेमिफाइनल प्रवेश गरेको थियो। लिग चरणको परिणामलाई आधार मान्दा भारत स्वतः फाइनल प्रवेशको दाबेदार मानिए पनि मुम्बइको मैदान टसमा धेरै नै भर पर्ने खालको थियो। अन्ततः भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय मात्र गरेन। त्यसको पूर्ण उपयोग पनि गरेको थियो।

मुम्बइको सो परिणाममा श्रेयास ऐयारले ६७ बलमा शतक प्रहार गरे। विश्वकपमा भारतीयले प्रहार गरेको यो तेस्रो छिटो शतक हो। ती तीन वटै शतक यसै विश्वकपमा प्रहार भएका हुन्। ऐयारको हकमा भने सो लगातार दोस्रो शतक थियो।

भारतले बनाएको पछ्याएको ३ सय ९७ रनको स्कोरलाई पछ्याउने क्रममा न्युजिल्यान्ड पनि कमजोर थिएन। डेरी माइकलले १ सय १९ बलमा १ सय ३४ रन प्रहार गर्दै सो सम्भावना देखाएका थिए। तथापि मोहम्मद सामीले ५७ रन खर्चेर ७ विकेट लिएपछि त्यो बलिङ न्युजिल्यान्डको हारका लागि काफी भएको थियो। विश्वकपमा सबै भन्दा छिटो ५० विकेट लिने खेलाडीको सफलता समेत उनले पाए।

यस विश्वकप अगाडि नै कोहलीका केही विशेषता थिए। सामाजिक सञ्जालका एकदमै धेरै फलोअर भएका उनलाई हेर्नका लागि मात्र अहमदाबादमा धेरै जना दर्शक तयार भएको कुरा पहिले नै समाचारको विषय बनेको थियो।

अहिले भारतीय यात्रामा दुई भिन्न खेलाडीको स्टार डम देखिएको छ। रोहित शर्मा र विराट कोहलीको प्रदर्शनले सबै चकित छ। यी दुई खेलाडीको प्रकृति भने एकदमै फरक किसिमको छ।

यसै मैदानमा १२ अक्टोबरका दिन भारतले पाकिस्तानलाई हराएको थियो। त्यसै समयमा विराट कोहलीको चित्र अङ्कित जर्सी किन्नेको भिड लागेको थियो। सडकका गल्लीको बिचमा अर्कै किसिमको आकर्षण थियो। त्यस समयमा जर्सीको मूल्य भारत र पाकिस्तानको प्रचलित मूल्य भन्दा दुई गुणा थियो।

धेरै क्रिकेट समीक्षक र खेलाडी कोहलीको अहिलेको प्रदर्शन हेर्दै सन् २००८ मा फर्कन चाहन्छन्। सन् २००८ को समय त्यही हो, जुन समय उनको नेतृत्वमा भारतले यु–१९ विश्वकप क्रिकेटको उपाधि जितेको थियो। त्यसै समयबाट कोहलीको स्टारडम सुरु भइसकेको धेरै बताउँछन्।

दक्षिण अफ्रिकी क्रिकेटका पूर्व स्टार मखाया एनटीनीकै विचारमा सो समयको यूथ विश्वकपको अहिलेको क्रिकेटमा धेरै नै प्रभाव परेको छ। सोही विश्वकपमा छाएका फास्ट बलर कासिगो रबाडाले बिहीबार दक्षिण अफ्रिकाका लागि सेमिफाइनल खेल्दै छन्।

विराट सबै किसिमको क्रिकेटमा उत्तिकै उत्कृष्ट छन् भने रोहित सीमित ओभरको त्रिक्रेटका स्टार हुन्। रोहित सुरुवातदेखि नै आक्रामक हुन्छन्। विराटको शैली फरक छ। उनी संयमित हुँदै क्रिजमा अड्छन्। विस्तारै रन बटुल्ने गतिलाई बढाउँदै लैजान्छन्। यो दुवै शैली भारतीय टोलीका उपयोगी साबित भएको छ।

अहिले भारतीय यात्रामा दुई भिन्न खेलाडीको स्टार डम देखिएको छ। रोहित शर्मा र विराट कोहलीको प्रदर्शनले सबै चकित छ। यी दुई खेलाडीको प्रकृति भने एकदमै फरक किसिमको छ।

विराट सबै किसिमको क्रिकेटमा उत्तिकै उत्कृष्ट छन् भने रोहित सीमित ओभरको त्रिक्रेटका स्टार हुन्। रोहित सुरुवातदेखि नै आक्रामक हुन्छन्। विराटको शैली फरक छ। उनी संयमित हुँदै क्रिजमा अड्छन्। विस्तारै रन बटुल्ने गतिलाई बढाउँदै लैजान्छन्। यो दुवै शैली भारतीय टोलीका उपयोगी साबित भएको छ।

दुवै सफल खेलाडी र फरक शैलीको क्रिकेटको कप्तान भए पनि यी दुईको बिचमा कुनै इगो समस्या नहुनुलाई भारतीय क्रिकेटको सफलताको अर्को महत्त्वपूर्ण कारण मानिन्छ। एकले अर्कोलाई उनीहरूले सधैँ साथ दिइरहेका हुन्छन्।

भारतीय क्रिकेटमा दुई स्टार खेलाडी एकले अर्को खेलाडीको नेतृत्वमा रहेको धेरै समय देखियो। सुनिल गावस्कार र कपिल देव अहिले कुनै प्लेटफर्ममा भेट हुँदा एकले अर्को खेलाडीको प्रशंसा गर्ने गरेका छन्। विगत त्यस्तो नहुन पनि सक्छ।

सचिन तेन्दुलकर र मोहम्मद अजरुहिद्धन एकको नेतृत्वमा अर्को खेलाडी खेलेका थिए। यी सबै सम्बन्ध भन्दा रोहित र कोहलीको सम्बन्ध अझ बढी सुमधुर भएको जनाइन्छ। यो सुमधुर सम्बन्धले एकले अर्कोलाई सफल हुनका लागि प्रेरित गरिरहेको छ। कुनै समय पाकिस्तानी क्रिकेटमा बसिम अक्रम र बकास युनिस एउटै टोलीका थिए।

भारतीय टोलीमा पनि कुनै समय सचिन तेन्दुलकर , सौरभ गांगुली र राहुल द्रविड एउटै टोलीमा थिए। त्यसै टोलीका लोकप्रिय लेग स्पिनर अनिल कुम्बले पनि थिए। यी खेलाडीको बिचको सम्बन्ध भन्दा अहिले कोहली र शर्माको सम्बन्ध अझ बढी सुमधुर भएको जनाइन्छ।

सचिन तेन्दुलकर र मोहम्मद अजरुहिद्धन एकको नेतृत्वमा अर्को खेलाडी खेलेका थिए। यी सबै सम्बन्ध भन्दा रोहित र कोहलीको सम्बन्ध अझ बढी सुमधुर भएको जनाइन्छ। यो सुमधुर सम्बन्धले एकले अर्कोलाई सफल हुनका लागि प्रेरित गरिरहेको छ।

अहिले भारतीय क्रिकेट टोली लगातार १० खेलमा दबदबापूर्ण जित सहित फाइनल खेल्ने तयारीमा छ। सबै खेलाडी एकसे एक फर्ममा रहेको भारतीय टोलीमा कुनै खोट लगाउने ठाउँ छैन। यी सबैका माझ कोहलीको स्टारडमले प्रेरित भारतले यस सफलता पाए सायद उनी नै इतिहासको सबै भन्दा सफल खेलाडीको रूपमा स्थापित हुनेछन्।

धेरैले सन् २०११ को विश्वकपको फाइनल सम्झिएका छन्। लाथीस मालिङ्गाले सचिन तेन्दुलकर र वीरेन्द्र सहेबागलाई आउट गरेपछि कोहली र गौतम गम्भीरको बिचमा ८३ रनको साझेदारी भएको थियो। उनले ३५ रन मात्र बनाएका थिए। तथापि भर्खर टिन एज पार गरेको कोहलीको त्यो परिपक्व खेल गौतमसँगको साझेदारी नै भारतको जितको आधार बनेको थियो।

अहिले त्यो भन्दा धेरै परिपक्व भएका छन्। उनका लागि जीवनको अर्को महत्त्वपूर्ण जिम्मेवारी आएको छ। सायद कोहली अब विश्व क्रिकेटका सबै भन्दा ठुला स्टारको कोटीमा पनि पर्न सक्ने छन्। स्रोतः क्रिकइन्फो, क्रिकेट टुडे, इन्डिया

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ८ : ४३ बजे

देशभर मनुसनी वर्षा, यी स्थानमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

खोलाले बगाएर दुइजना बेपत्ता

झापा– लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं– आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन्

आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १२ गते शनिबार तदनुसार सन्

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

बोस्टन– प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा