दुर्घटनामा सख्त घाइते महिलाको उपचारका क्रममा मृत्यु « Khabarhub

दुर्घटनामा सख्त घाइते महिलाको उपचारका क्रममा मृत्यु


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो अटो दुर्घटनामा सख्त घाइते भएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा आज बिहान मृत्यु भएकी उनी चढेको आटो बुधबार दिउँसो १ बजेर ४० मिनेट जाँदा बङ्गलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो ।

घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  २ : १३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक