महिला क्रिकेट : नेपाल हङकङसँग पराजित | Khabarhub Khabarhub

महिला क्रिकेट : नेपाल हङकङसँग पराजित


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।

नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जानिया पनि फाइनलमा पुगेको छ ।

हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको योगदान दिएकी हुन । त्यस्तै शानजिन शहजादले २० रन बनाइन् । मारिको हिलले ५ रन जोडिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनाएको थियो । खराब ब्याटिङ गरेको नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

त्यसैगरी सीता रानामगरले ९ रन जोडिन भने रोमा थापाले ७ रन बनाइन् । नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो । पूजा आठ बलमा चार रन जोड्दै आउट भएकी हुन् । सम्झना खड्कालाई नेपालले दोस्रो विकेटको रूपमा गुमायो । उनी एक रन जोड्दै आउट भएकी हुन् ।

तेस्रो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । चौथो नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै आउट भइन् ।

बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एकरएक विकेट लिए ।

पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । अब नेपालले मङ्सिर २ गते जापानसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  २ : ३४ बजे

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने

चितवन– जिल्लामा पशुचौपायामा देखिएको लम्पि स्किनरोग नियन्त्रणका लागि खोप अभियान

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ

काठमाडौं– पाकिस्तानका रक्षामन्त्री ख्वाजा आशिफले आफ्नो मुलुकको कर्मचारीतन्त्रको चर्को आलोचना

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण