गत वर्ष १५ हजारभन्दा धेरै नेपाली विद्यार्थी अमेरिका पुगे « Khabarhub

गत वर्ष १५ हजारभन्दा धेरै नेपाली विद्यार्थी अमेरिका पुगे


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विधार्थी अध्यनका लागि अमेरिका पुगेका छन् ।

अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेञ्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानकारी दिएको हो । ‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍.९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दूतावासले भनेको छ ।

शैक्षिक वर्ष २०२२/२०२३ मा १० लाखभन्दा धेरै अर्थात १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा परेको अमेरिका परेको छ । उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाइ शुभकामना दिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : २० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब