कोटेश्वर तेक्वान्दो डोजाङलाई खेल सामग्री हस्तान्तरण | Khabarhub Khabarhub

कोटेश्वर तेक्वान्दो डोजाङलाई खेल सामग्री हस्तान्तरण


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरुप २० लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरिएको छ । आज आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई दुई ‘सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम’ हस्तान्तरण गरे ।

सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति रहेको थियो । उक्त सामग्री खरिद गर्न श्रेष्ठ दाजुभाइसहित अस्ट्रेलियाका सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेको बताइएको छ  ।

उनीहरु सबै तेक्वान्दो खेलाडी हुन् । मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् । निर्मल र निराजनले पाकिस्तानमा भएको नवौँं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

दुवै विगत १८ वर्षदेखि अमेरिका बस्दै आएका छन् । कार्यक्रममा निराजनले नेपालकै चर्चितमध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउदा खुसी लागेको जनाउँदै खेलाडीको समस्यामा हरदम सधै साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

निराजनले भने, “म र मेरो दाइ (निर्मल) पनि कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हौंँ । मेरो दाइ (नवीन) हाम्रो गुरु हुनुहुन्छ । कोटेश्वर तेक्वान्दो डोजाङको काम प्रशंसनीय छ । खेलाडी उत्पादनमा डोजाङको भूमिका महत्वपूर्ण छ । त्यसैले हामी आफै र अरुसँग पनि सहयोग जुटाएर सानै भए पनि सहयोग गरौंँ भनेर सामग्री दिएका हौँं । आउने दिनमा पनि सक्दो सहयोग गर्छौ ।”

निर्मलले आफू विदेशमा भए पनि नेपाली तेक्वान्दो खेलाडीलाई सधै सहयोग गर्ने जानकारी दिँदै खेलाडीलाई अनुशासित र लगनशील भएर खेलमा लाग्न सुझाव दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : ५७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि