उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए « Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र ४ आतङ्ककारी मारिए


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार सुरक्षा बल र आतङ्ककारीहरू बीचको दुईवटा छुट्टाछुट्टै भीडन्तमा एक जना सैनिक र चार जना आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

उक्त घटना मध्ये एउटा प्रान्तीय राजधानी शहर पेशावरको बाहिरी भागमा भएको थियो, जहाँ सुरक्षा बलहरूले आतङ्ककारीहरू रहेको गुप्त सूचनाका आधारमा कारबाही सञ्चालन गरिएको थियो ।

उक्त कारबाहीका क्रममा गोलाबारी शुरु भएको र अत्यधिक खोजीको सूचीमा रहेका चारजना आतङ्ककारीहरू मारिएको जनाइएको छ ।

‘ती आतङ्ककारीहरूबाट हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ । ती आतङ्ककारीहरू त्यस क्षेत्रमा फिरौती, हत्या र लुटपाटका गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए’ विज्ञप्तिमा भनिएको छ ।

अर्को कारबाही प्रान्तको डेरा इस्माइल खान जिल्लामा सञ्चालन गरिएको थियो जहाँ आतङ्कवादीहरूसँगको तीव्र दोहोरो भीडन्तमा एक जना सैनिकको मृत्यु भएको आईएसपीआरले जनाएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ– ‘पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध भएकाले यस कारबाही तीव्र पारिएको छ ।’

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ६ : ४३ बजे

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका