प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु « Khabarhub

प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका नेवार समुदायका युुवालाई एकताबद्ध तुल्याउन विगत सात वर्षदेखि हरेक वर्ष हुँदै आएको फाइभ ए साइड फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेवाः ल्यामपुच कास्कीले प्रतियोगिता आयोजना गरेको हो ।

तीन दिनसम्म सञ्चालन हुने फाइभ ए साइड प्रतियोगिताको यो सातौँ संस्करणमा रामकृष्ण टोल ल्यामपुच कास्कीको व्यवस्थापनमा रामकृष्ण टोलस्थित वि फिट फुटसल ग्राउण्डमा सुरु प्रतियोगितामा कास्की जिल्लाभित्रका १६ वटा नेवारी समुदायका टिमको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदायभित्र आपसी सम्बन्ध बढाउन खेलकुद प्रतियोगिता आवश्यक रहेको बताए ।

पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले समुदायस्तरबाटै हुने यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले संस्थाको सामाजिक उत्तरदायित्वस्वरुप यस्ता क्रियाकलाप आवश्यक रहेकामा जोड दिँदै युवा जनशक्तिलाई देशभित्र बस्ने वातावरण बनाउन युवामैत्री क्रियाकलाप आवश्यक हुने बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १० : २६ बजे

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक