यो साताका २० तस्बिर « Khabarhub

यो साताका २० तस्बिर


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता हिमाली क्षेत्रमा हिमपात भएका तस्बिरले धेरै चर्चा पाए । केही राजनीतिक घटनाक्रम र केही विकास निर्माणका कामका तस्बिर समेत संकलन भएका छन् । बेमौसफी फलफूल उत्पादनमा किसान र स्थानीय तहको सक्रियता । कृषि कर्ममा आधुनिकीकरण र कृषकका गतिविधिलाई यो साताका तस्बिरमा समेटिएको छ ।

जनकपुरधामको रङ्गभूमी मैदानमा विवाह पञ्चमीको अवसरमा ११ हजार ११ स्क्वायर फिटको अन्नले बनेको राम–सीता स्वयंवरको प्रतिमा बनाउँदै स्थानीय । तस्बिरः निरञ्जनकुमार साह
बागलुङ नगरपालिका–१४ कैया फाँटमा ट्याक्टरको सहायताले खेत जोत्दै किसान । बागलुङमा पछिल्लो समय गोरु पाइन छोडेपछि प्रविधिको सहायताले खेतबारी जोतिन्छ । तस्बिर: खेमराज गौतम
घोराही उपमहानगरपालिका–१३ स्थित तुरुन्तपुरमा उत्पादित गोलभेडा बिक्रीका लागि लैजान क्यारेटमा भर्दै किसान ।तस्बिरः कुलदीप न्यौपाने
चितवनको नारायणी नदीमा सञ्चालनमा रहेको क्रुजसिप र घुम्न आएका आन्तरिक पर्यटक । वर्षातको समयमा बन्द भएको क्रुजसिप बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ । तस्बिर: कृष्ण आचार्य
चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट सोमबार नियन्त्रणमा लिइएको ध्रुवे हात्ती । मानव बस्तीमा पसेर दुःख दिन थालेपछि निगरानी गर्न ध्रुवेलाई रेडियोकलर जडान गरेर छाडिएको छ । तस्बिर स्रोतः चितवन राष्ट्रिय निकुन्ज
चितवनको कालिका नगरपालिका–१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन । तस्बिरः कृष्ण आचार्य
ठुली भेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल डोल्पामा हिउँ परेपछि सेताम्य डाडाँ र बस्ती । तस्बिरः हेमन्त केसी
काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर । यस मन्दिरमा २७ वटा गजुर रहेका छन् । तस्बिरः हरिराम भेटुवाल
घोराही उपमहानगरपालिका-१७ स्थित कर्जाहि गाउँकी स्थानीय महिला परालको गुन्द्री बुन्दै । तस्बिर: कुलदीप न्यौपाने
जुम्लाको सिंजा गाउँपालिका-३ स्थित नराकाेट गाउँ । तस्बिर: विजय रावत
सुर्खेतको गुर्भाकोट नगरपालिका(१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा बेमौसमी ड्रागन फ्रुट उत्पादनका लागि जडान गरिएको बत्ती । तस्बिरः सुरेश आचार्य
बाला चतुर्दशीको अवसरमा आइतबार शतबीज छर्नका लागि तनहुँको देवघाटधाममा जाग्राम बस्ने भक्तजनको भीड । तस्बिरः कृष्ण न्यौपाने
भेबागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा भेँडा चराउँदै भेडीगोठाले । तीन जिल्लाका भेडागोठालेले पातीहाल्ने क्षेत्रलाई चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । तस्बिरः डम्मर बुढामगर
बैतडीसँग जोडिएको सीमावर्ती बजार झुलाघाट बिचमा महाकाली नदी । यहाँ नेपालपट्टि सानो र भारततिर ठूलो बजार रहेकाले नेपाली नागरिक किनमेलका लागि भारतीय बजारमै जाने गरेका छन् । तस्बिर: विनोदसिंह विष्ट
जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा । तस्बिरः चन्दन ठाकुर
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्ले पाटी क्षेत्रमा अगेना माथी सुकाएर राखेको चौंरी गाईको छुर्पी । प्रती केजी एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपैयाँ सम्ममा छुर्पी खरिद बिक्री हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू
दाङको घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिजनसील मूर्ति उद्योगमा भगवान् विष्णु र लक्ष्मीेको मूर्ति बनाउँदै जानकी मगर । श्रीमानसँगै करिब १० वर्षदेखि विभिन्न आकृतिका मूर्ति निर्माण गर्ने र आफूहरुले निर्माण गरिएका मूर्ति बिक्री गर्दै आएकी छन् । तस्बिरः कुलदीप न्यौपाने
दैलेखको भैरबी गाउँपालिका–५ कागेतडामा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती । तस्बिरः सुरेश आचार्य
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवैध रूपमा लुकाइछिपाई ल्याएको १४ केजी सुन । तस्बिरः रत्न श्रेष्ठ

 

 

 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ५४ बजे

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त