नागरिकका गुनासो सुन्न गाउँ-गाउँमा प्रशासन « Khabarhub

नागरिकका गुनासो सुन्न गाउँ-गाउँमा प्रशासन


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

अछाम– जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल सुरु गरेको छ । 

सोही अभियानअन्तर्गत शुक्रबार चौरपाटी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरियो । सो अवसरमा जिल्ला प्रशासन र प्रहरी प्रमुखले आफू मातहत र कार्यालयबाट प्रदान गर्ने सेवाबारे जानकारी प्रदान गरे । 

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समाजका कुरीति तथा कुसंस्कारविरुद्ध सबैलाई सचेत पार्ने उद्देश्यले सबै पालिकामा सचेतनामूलक कार्यक्रम गरिएको बताएका छन् । सो अवसरमा उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका साथै ऐन, निर्देशिका, कार्यविधिलगायत विषयमा जानकारी गराए । 

उनले स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिले नागरिकता, महिला हिंसा, बालविवाह, छुवाछूत, लागूऔषधलगायत समाजिक कुसंस्कारलाई कम गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका भएकाले सहयोग गर्नुपर्ने बताए  । 

लागूऔषधका घटना बढ्न थालेपछि अछाम-डोटीको सिमाना चौखुट्टे र दैलेख-अछामको सिमाना बेलखेतमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताएका छन् ।

गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले नागरिकलाई सचेत बनाउने उद्देश्यले सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भएको बताए । अछामको चौरपाटी गाउँपालिका र डोटीको पूर्वीचौकी गाउँपालिकाबीच समन्वय गरी लागूऔषध न्यूनीकरण र रोकथामका लागि कडाइका साथ अभियान सञ्चालन गरिने उनको भनाइ छ । 

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १२ : २४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका