परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद आज स्वदेश फर्किएका छन् । गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

गत आइतबारदेखि कतारमा सुरु भएको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा आफूले इजरायलमा बेपत्ता भएका विपीन जोशीको रिहाइको विषयलाई गम्भीरताका साथ उठाएको मन्त्री साउदले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू कतारमा रहँदा त्यहाँका प्रधानमन्त्री, समकक्षीसँगै विदेश राज्यमन्त्रीसँग कुराकानी गरेको उनले बताए।

पत्रकारको प्रश्नमा उनले भने, ‘मैले कतारमा भाग लिने सन्दर्भमा नेपाली विद्याद्र्यी जोशीको रिहाइका लागि कतार सरकारले गरिरहेको भूमिकाको प्रशंसा गरेको थिएँ, त्यस क्रममा जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन थप आग्रह पनि गरेको थिएँ, त्यस सम्वन्धमा कतारका प्रधानमन्त्रीले गैरसैनिक मुक्त गर्ने सन्दर्भमा आफू आश्वस्त भएको र नेपाली बन्धकलाई पनि रिहाइ गर्ने आश्वसन दिलाउनुभएको थियो ।’

मन्त्री साउदले भने, ‘१४ र १५ डिसेम्बरमा आर्मिनियाको एरेवानमा आयोजना भएको भूपेरिवेष्टित मुलुकका मन्त्रीहरूको बैठकमा पनि म सहभागी भएको थिएँ । बैठकमा नेपालजस्ता मुलुकलाई लगानीयोग्य स्रोतको कमी भएको र व्यापार अभिवृद्धि गर्न एवं रोजगारी सिर्जना गर्न कठिन भएको विषय राखेको थिएँ ।’

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  १० : ०४ बजे

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै