नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालद्वारा पदभार ग्रहण | Khabarhub Khabarhub

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालद्वारा पदभार ग्रहण


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै उनले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताइन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, “मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउने हो ।” साथै उनले नेपालस्थित विदेशी कूटनीतिक नियोगसँग कसरी समन्वयमा काम गर्ने र आफ्नो राष्ट्रिय स्वार्थमा सम्झौता नगरी कसरी बढी लाभ लिन सकिन्छ भनेर द्विपक्षीय सम्बन्ध सृदृढ बनाउने विषय पनि प्राथमिकतामा रहेको बताइन् ।

नवनियुक्त मन्त्री पौड्यालले विदेशमा रहेका नेपाली नियोगमा नेपालीलाई सहज पहुँच बनाई कुनैपनि व्यक्ति दूतावास जाँदा घरमा आएको अनुभव हुने गरी पहुँच र सहजता प्रदान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सीमा विवाद समाधानसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा उनले सबैसँग अध्ययन र छलफल गरेर सो विषयमा अघि बढ्ने धारणा व्यक्त गरिन् ।

उनले मुलुकले ‘असंलग्न परराष्ट्र नीति’ लिएको बताउँदै सो नीति नै पहिलेदेखि पालना गर्दै आएको उल्लेख गरिन् । “त्यसलाई व्याख्या गर्ने क्रममा दलहरुबीच फरक पर्न सक्छ, तर हाम्रो नीति त्यही हो, हालको परराष्ट्र नीतिलाई नै साझा बनाएर अघि बढने हो, व्यक्तिपिच्छे परराष्ट्र नीति हुनुहुदैन”, उनले भनिन् ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका प्रभावकारी बनाउने आआफ्नो अर्को प्राथमिकताको विषय भएको बताउँदै मन्त्री पौड्यालले भनिन्, “अन्तर्राष्ट्रिय मञ्चमा हामी जसरी प्रस्तुत हुन्छौँ, नेपालको छवि पनि त्यही हुन्छ । नेपालको छवि सुदुढ बनाउने गरी अघि बढ्छौँ ।”

उहाँले पदस्थापनका क्रममा श्रीलङ्कासँग ‘फरेन सर्भिस ट्रेनिङ इन्स्टिच्यूट’ सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रको म्याद थप गर्ने आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गरिन् । यसअघि सन् २०१८ मा भएको उक्त समझदारी पत्रको अहिले म्याद सकिन लागेकाले त्यसलाई आगामी चार वर्षका लागि म्याद थप गर्ने निर्णय सदर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ४९ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं