तेस्रो पटक सांसद चुनिएका मोदी सामान्य प्रशासनमन्त्री « Khabarhub

तेस्रो पटक सांसद चुनिएका मोदी सामान्य प्रशासनमन्त्री


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

तेस्रो पटक सांसद बनेका मन्त्री मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–६ मा २०४२ असोज ५ गते जन्मेका नवनियुक्त मन्त्री मोदीले स्नातकसम्म अध्ययन गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् ।

विसं २०५६ मा अखिल क्रान्तिकारीको एकाइ सदस्य हुँदै विद्यार्थी राजनीतिमा आबद्ध भएका मन्त्री मोदीले अनेरास्ववियु क्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष भएर काम गरेका थिए । नेकपा एमालेबाट राजनीति सुरु गरेका मन्त्री मोदी पछि नेकपा माओवादीमा आबद्ध भएका थिए ।

मन्त्री मोदीले २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा जिल्ला र केन्द्रमा विभिन्न सङ्गठनमा काम गरेका थिए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मन्त्री मोदी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनले संविधान लेखनको मस्यौदा समितिमा रहेर समेत काम गरेका थिए ।

कृषि र विकासमा विशेष रुचि राख्ने मन्त्री मोदीले २०६० सालमा पक्राउ परी दुई वर्ष तीन महिना जेल जीवन बिताउनुपरेको थियो । राजनीतिक आन्दोलनका क्रममा उनी पटक पटक हिरासतमा बसेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ०२ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्