तेस्रो पटक सांसद चुनिएका मोदी सामान्य प्रशासनमन्त्री | Khabarhub Khabarhub

तेस्रो पटक सांसद चुनिएका मोदी सामान्य प्रशासनमन्त्री


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

तेस्रो पटक सांसद बनेका मन्त्री मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–६ मा २०४२ असोज ५ गते जन्मेका नवनियुक्त मन्त्री मोदीले स्नातकसम्म अध्ययन गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् ।

विसं २०५६ मा अखिल क्रान्तिकारीको एकाइ सदस्य हुँदै विद्यार्थी राजनीतिमा आबद्ध भएका मन्त्री मोदीले अनेरास्ववियु क्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष भएर काम गरेका थिए । नेकपा एमालेबाट राजनीति सुरु गरेका मन्त्री मोदी पछि नेकपा माओवादीमा आबद्ध भएका थिए ।

मन्त्री मोदीले २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा जिल्ला र केन्द्रमा विभिन्न सङ्गठनमा काम गरेका थिए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मन्त्री मोदी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनले संविधान लेखनको मस्यौदा समितिमा रहेर समेत काम गरेका थिए ।

कृषि र विकासमा विशेष रुचि राख्ने मन्त्री मोदीले २०६० सालमा पक्राउ परी दुई वर्ष तीन महिना जेल जीवन बिताउनुपरेको थियो । राजनीतिक आन्दोलनका क्रममा उनी पटक पटक हिरासतमा बसेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : ०२ बजे

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर

सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

काठमाडौं– सिरियाको सुवेदा क्षेत्रमा जारी हिंसा अझ तीव्र बन्दै गएको

राप्रपाबाट पदमुक्त गरिएका गिरी आयोगमा, लिङ्देन स्वेच्छाचारी बनेको आरोप

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार जिम्मेवारी मुक्त गरिएका

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक

कास्कीको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

गण्डकी– जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशको पोखरासहित विभिन्न