भूमिसुधार मन्त्री राईद्वारा पद बहाली « Khabarhub

भूमिसुधार मन्त्री राईद्वारा पद बहाली


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा पद बहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री राईले भने, “तपाईंहरू अनुभवी र विज्ञ हुनुहुन्छ, स्वार्थ समूहबाट हुनसक्ने बोलवालालाई निरुत्साहित गरी जनताको विश्वास जित्ने गरी सेवा प्रवाहलाई चुस्त तुल्याउने काम गरौँ ।”

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बाहिरबाट हेर्दा एउटा मन्त्रालय देखिए पनि जनतासँग प्रत्यक्ष जोडिएका तीनवटा भिन्नभिन्न बृहत् क्षेत्र भएकाले आमजनताको आवाजलाई सम्बोधन गर्ने ढङ्गबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

यसअघि मन्त्री राईलाई मन्त्रालयमा सचिव डा. रेग्मीसहितका कर्मचारीले स्वागत गरेका थिए । पद बहालीपछि मन्त्री राईले पहिलो निर्णयका रूपमा मन्त्रालयमा रिक्त रहेको प्रवक्तामा सहसचिव प्रकाश जोशीलाई जिम्मेवारी तोकिएकोसम्बन्धी फाइल सदर गरे ।

विसंं २०३५ मा तत्कालीन नेकपा मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नवनियुक्त मन्त्री राई १४ वर्षको किशोर उमेरमै धनकुटास्थित गोकुण्डेश्वर माविमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका थिए ।

उनले अखिलको धनकुटा जिल्ला कमिटी अध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको जिल्ला अध्यक्ष, किसान महासङ्घको केन्द्रीय सदस्य र नेकपा एमाले धनकुटा जिल्ला कमिटिको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । विसं २०७८ मा एमालेको दशौँ महाधिवेशनबाट राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र २०५४ मा जिविस उपसभापतिको जम्मेवारी सम्हालेका मन्त्री राईले स्नातकसम्म अध्ययन गरेका छन् । पिता तेजबहादुर र माता मोतीमाया राईका कोखबाट २०२२ साल भदौ २९ गते धनकुटाको पाख्रिबासमा जन्मेका उनी यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका थिए ।

विभिन्न राजनीतिक गतिविधिमा सरिक भएबापत करिब साढे दुई वर्ष जेल जीवन बिताएका राई आन्दोलका क्रममा पटकपटक प्रहरी हिरासतमा परेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : १८ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम