चीनमा पहिलो पटक घट्यो जनसङ्ख्या « Khabarhub

चीनमा पहिलो पटक घट्यो जनसङ्ख्या


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घट्दोक्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको छ ।

यो सङ्ख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसङ्ख्या हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात जनसङ्ख्या रहेको थियो। यो सँगै कुल जनसङ्ख्या १।४१ अर्ब रहेको छ । कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ७२ करोड र महिलाको सङ्ख्या ६८ करोडको हाराहारीमा पुगेको छ ।
जनसङ्ख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ ।

पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसङ्ख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वकारूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।
चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र बनेको छ यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ ।

हाल भारतको जनसङ्ख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ४७ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये