शनिबार र आइतबार बिदा दिएर अरु बिदा कटाउनु राम्रो « Khabarhub

शनिबार र आइतबार बिदा दिएर अरु बिदा कटाउनु राम्रो


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नागरिकताको प्रकरणमा सर्वोच्च अदालतले रवि लामिछानेको एक फैसला गर्‍यो । त्यो फैसला आएपछि विदेशमा बस्ने नेपालीले यसलाई निकै चासोका साथ हेरेका छन् । नेपालको नागरिकता नत्यागेको र विदेशी नागरिकता लिएर नेपालमै कारोबार गरेको अवस्थामा यो विषय के हुन्छ भनेर धेरैले चासो व्यक्त गरेका छन् । दोहोरो नागरिकता लिँदा कस्तो अवस्था सिर्जना हुन्छ तथा आरोप लागेर पुष्टि भएपछि कस्तोसम्म समस्या उत्पन्न हुनसक्छ भन्ने रवि लामिछानेको यो प्रकरणले पुष्टि गर्छ । साथै पछिल्लो समय सरकारले जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिएको विषय पनि अहिले सर्वत्र चर्चामा छ । जनयुद्ध दिवसमा बिदा दिने निर्णय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा बिदा धेरै भएको टिप्पणी गरेका थिए । यस्तै समसामयिक विषयमा आधारित रहेर वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डितसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश –

सार्वजनिक बिदा धेरै भयो, पुनरावलोकन गर्नुपर्छ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आएको थियो यो विषय तपाईँलाई कस्तो लागेको छ ?

सैद्धान्तिक रूपमा बिदा दिइनुपर्छ । मानव शरीरले मेहनत गर्छ र आराम पनि खोज्छ । त्यस्तो बिदा वैज्ञानिक हुनुपर्छ । बिदाको सन्दर्भ विकासको सन्दर्भमा पनि जोडिएको हुन्छ । रेगुलर बिदा भने दिन मिल्दैन । हामीमा यसको संस्कार पनि आउनुपर्छ ।

सिद्धान्त र आधार नहुँदा यो परिस्थिति आएको हो । नेपालमा धार्मिक बिदा, सामाजिक बिदा नै धेरै मात्रामा रहेको छ । देशले धेरै विकास निर्माणका कार्य गर्नुछ त्यसकारण बिदा कम हुनुपर्छ । शनिबार आइतबार बिदा दिएर अन्य दिनको बिदा कटौती गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ । बिदा कमिटी बनाएर सल्लाहमा गएर बिदा घटाउन जरुरी रहेको छ । धर्म अनुसार बिदा दिँदा त काम नै नगरे पनि हुन्छ किन बिदा खोज्नु । हामीले क्रमभङ्ग गर्नु जरुरी रहेको छ ।

सार्वजनिक बिदा धेरै भएको अवस्थामा दुई दिन दिँदा बिदा स्वतः झन् बढेन ?

हाम्रो देशमा दसैँमा लामो बिदा हुन्छ, तिहारमा तीन चार दिन बिदा हुन्छ । नेपालमा धेरै बिदा रहेको छ । शनिबार र आइतबार बिदा लिएर अरू बिदालाई घटाए राम्रो र समयको सदुपयोग हुन्छ जस्तो लाग्छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरेर सामाजिक भातृत्वको भावना बढाउन बिदाको सदुपयोग गर्न सकिन्छ ।

बिदा दिएर विकास हुने बिदा नदिएर विकास नहुने भन्ने पनि हुन्छ ?

बिदा पद्धतिको विकास भन्न खोजेको हो । वर्षमा ३६५ दिनमा १५० दिन बिदा दिएमा विकास गर्न सकिन्छ । किनभने बिदा भनेको काम गर्दिनँ भन्ने हो । बिदापछि अफिस गएर धेरै सकारात्मक रूपमा कार्यमा प्रेरित रहन सकिन्छ ।

बिदामा राजनीतिक दबाब र प्रभाव पर्ने रहेछ ?

नेपालमा विवाहदेखि डिभोर्स सम्म जताततै राजनीति नै राजनीतिको खेल छ । २०४७ सालमा त एमालेले कांग्रेससँग विवाह गर्न नहुने, राप्रपाले माओवादीसँग एकले अर्को पाटीमा कुनै पनि कार्य गर्नु हुँदैन भन्ने भावनासमेत थियो । अहिले त्यस्तो भावनामा कमी आएको छ ।

विदेशमा बस्ने उताको नागरिकता लिएका तर नेपालको नागरिकता नत्यागेको लागि चासो र चिन्ता केमा छ ?

नागरिक कायम नहुँदैमा नागरिकता खारेज हुँदैन । विदेशमा बस्ने नागरिकले नेपाल आएर विभिन्न कारोबार गर्दै आएका हुन्छन् । विदेशी नागरिकता त्यागेपछि स्वतः कुन मितिमा त्यागेको भनेर कागजले देखाउने हुन्छ र स्वतः आफ्नो देशको नागरिकता प्राप्त हुन्छ । नागरिक ऐन २०६३ को दफा दशको उपदफा दुईमा नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिएबमोजिम सूचना गरेपछि तोकेको अधिकारीले सूचना दर्ता गर्ने र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम नरहने उल्लेख छ ।

नेपालको नागरिक छ नागरिकता त्यागेको छैन अर्को देशको नागरिकता लिएको छ तर कारोबार नेपालको छ भने त्यो कारोबार भने मान्य हुन्छ ?

नागरिक ऐनको दफा दुईले के भन्यो भने कुनै नेपालीले विदेशी नागरिकता लिएको छ नेपाली नागरिकता पत्र हुन्जेलसम्म त्यो कागजपत्र छ भने मान्यता रहन्छ । त्यो भनेको जे जस्तो कारोबार गर्नसक्ने भयो । कानुन भनेको व्यवस्थालाई पढेर व्यवहारलाई हेर्ने कुरा हो । नागरिकता खारिज नभएसम्म कायम नै रहेको हुन्छ ।

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ४४ बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्