‘फूलबारी’ चलचित्र प्रदर्शनी, कलाकर्मीको सकारात्मक प्रतिक्रिया « Khabarhub

‘फूलबारी’ चलचित्र प्रदर्शनी, कलाकर्मीको सकारात्मक प्रतिक्रिया


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ। अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिएका छन्।

सञ्चयकोषमार्फत पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ। यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

शिक्षक जयनारायण शर्माका श्रीमती लक्ष्मी शर्मा र तीन छोरा छन्। जेठोले विवाह गरिसकेका छन् र श्रीमतीसहित छोरीसँग बस्छन्। माइलोको आफ्नै एक ब्याण्ड छ र स्ट्रगल गरिरहेका छन्। कान्छो भने आफ्नो भविष्य वनाउन अष्ट्रेलिया लागिसके। तीन छोराको भविष्यका लागि जीवनभर मेहनत गरेका शर्मा दम्पती उपचार गराउन सहर पुगेपछि भोग्ने परिस्थितिले दर्शकसँग चलचित्रलाई जोड्छ।

अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारनै यसको मूल कथा हो। प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौँमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न आइपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषत शिक्षक जय नारायणको भूमिकामा देखिएका अभिनेता कार्कीको चर्चा भयो। “परिवारले हेर्नुपर्ने चलचित्र वनेको छ। यसले महत्व दर्शाउँछ”, अभिनेता तथा निर्देशक निर्मल शर्माले भने।

‘कबड्डी’ का शृङ्खलामार्फत दर्शकमाँझ पुगिरहेका निर्देशक गुरुङले ‘पुरानो डुङ्गा’पश्चात् फरक श्रेणीको चलचित्र निर्देशन गरेका हुन्। “पहिलो दर्शक बनेको कलाकर्मी र मिडियाकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ। दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु”, उनले भने।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ४६ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको