पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमा समावेश  « Khabarhub

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमा समावेश 


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको बताएकी छन् ।

२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

सरकारले गत पुस २७ र फागुन १ मा सार्वजनिक बिदा दिएको थियो । गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ३ : ११ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन