समृद्धिको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध  « Khabarhub

समृद्धिको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध 


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको मुख्य ध्यान समृद्धिको लक्ष्य कसरी पूरा गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् ।

सडक डिभिजन कार्यालय पोखरामा आज मातहतका कार्यालयका प्रमुख एवं कर्मचारीलाई निर्देशन दिँदै उनले समृद्धिको प्रक्रियालाई तीव्रताका साथ अघि बढाउँदा मात्र जनताको अपेक्षा र आवश्यकता पूरा हुने उल्लेख गरे ।

उनले देशमा समृद्धि हासिल गर्नका लागि भौतिक पूर्वाधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी रहेकोसमेत बताए । मन्त्री श्रेष्ठले भने , ‘हाम्रो मन्त्रालयमा सरकारको पुँजीगत बजेटको एकतिहाइ बजेट छुट्याइएको छ । समृद्धिको लक्ष्य हासिल गर्नमा हाम्रो मन्त्रालयको ठूलो जिम्मेवारी छ, त्यो जिम्मेवारी पूरा गर्न जिम्मेवारीबोध गर्नु आवश्यक छ । आयोजनाको कार्यान्वयन प्रक्रियालाई तीव्रताका साथ प्रभावकारीरूपमा अघि बढाउनु आवश्यक छ ।’

सबैलाई न्याय र परिणाममा आफू केन्द्रित भएको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले काम गराउनका लागि भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । ‘पोलिटिकल दबाब र अवाञ्छित प्रभावले कसैको पोष्टिङ र सरुवा हुँदैन । कसैको भनसुन गराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ । बरु भनसुन गराउन थाल्नुभयो भने काम बिग्रियो भन्ने बुझे हुन्छ’, उनले भने ।

मन्त्री श्रेष्ठले कतिपय विकास आयोजनाको काम सम्झौता भएको १० वर्षसम्म पूरा नभएको आफूले देखेको बताउँदै निर्माण व्यवसायीले काम गरेनन् भनेर मात्र नबस्न र किन काम हुन सकेन भनेर अनुगमन गर्नसमेत कर्मचारीलाई निर्देशन दिए । 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ०९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा