अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डमा हुने  « Khabarhub

अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन थाइल्याण्डमा हुने 


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाचौँ सम्मेलन थाइल्याण्डको बैंककमा हुने भएको छ । आगामी जेठ २० र २१ मा हुने सम्मेलनमा विश्वभरिका विभिन्न देशमा क्रियाशील परिषद्का दुई दर्जन बढी स्थायी, राष्ट्रिय र सम्बन्धन सदस्यबाट पाँच सय जना प्रतिनिधिको उपस्थिति हुने परिषद्का महासचिव मोहन गोले तामाङले जानकारी दिए ।

सम्मेलन सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्याण्ड र तामाङ समाज म्यानमार (बर्मा) लाई दिइएको परिषद्का उपाध्यक्ष टासी लामाको भनाइ छ ।

परिषद्को पाँचौँ सम्मेलनबाट संसारभर रहेका तामाङ जातिको एकतालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकरूपमा जोड्दै नीति र नेतृत्व चयनका लागि विभिन्न व्यक्तिहरूको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति, विधान मस्यौदा समिति, सांगठनिक तथा आर्थिक समिति, सांस्कृतिक पुनर्स्थापना कार्ययोजना समिति, समसामयिक प्रस्ताव समिति गठन गर्नुका साथै अध्यक्ष मण्डल र निर्वाचनमण्डल समेत गठन गरेको जनाइएको छ ।

परिषद्को अध्यक्ष भने जुन मुलुकका सम्मेलनको आयोजना हुन्छ सोही मुलुकको अध्यक्ष हुने व्यवस्था छ । त्यसैअनुरूप पाँचौँ सम्मलेनबाट थाइल्याण्डले अध्यक्ष पाउनेछन् । हाल भारतका के एम तितुङ अध्यक्ष छन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ५ : १६ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि