नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल « Khabarhub

नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनको विकासमा गैरआवासीय नेपाली सङ्घ एनआरएनएको अहम भूमिका हुने बताएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरे ।

आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदीरम्घामा राष्ट्रिय एकतालाई भावनात्मकरूपमा विकास गर्न आफूले बृहत् योजना ल्याएको भन्दै उनले त्यसमा सहभागी भई योगदान गर्न एनआरएनएका प्रतिनिधिलाई आह्वान गरे ।

राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै सङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले उठाएका मुद्दाप्रति ध्यानाकर्षण गराइन् ।

अध्यक्ष कुल आचार्यले नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानूनी व्यवधान रहेको भन्दै पूँजी पलायन रोक्न र लगानी भित्र्याउने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । सो अवसरमा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ११ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा