राष्ट्रपति पौडेललाई नेपाल उद्योग परिसंघद्वारा बधाई « Khabarhub

राष्ट्रपति पौडेललाई नेपाल उद्योग परिसंघद्वारा बधाई


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसङ्घले बधाई ज्ञापन गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बधाई ज्ञापन गरेको हो ।

सो अवसरमा परिसङ्घका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिए । अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने तथा ब्याजदर घट्नुपर्ने बताए ।

उनले परिसङ्घले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपति समक्ष पेश गरे ।

परिसङ्घको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसङ्घको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताए।

राष्ट्रपति पौडेललाई परिसङ्घका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसङ्घ गभर्निङ काउन्सिल सदस्यहरू शिवरतन शारडा, बालकृष्ण श्रेष्ठ, परिसङ्घका महानिर्देशक दीपकराज जोशीले बधाई तथा शुभकामना दिएको परिसङ्घले जनाएको छ । 

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३० बजे

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा