राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन « Khabarhub

राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी कमिटीहरूमा देखिएका समस्या समाधान गर्न समिति गठन गरेको छ । केही जिल्ला र कमिटीमा आन्तरिक विवाद रहेको, विभिन्न जिल्ला तथा स्थानीय समितिहरू निष्क्रिय रहेकोलगायत विभिन्न समस्या भएका कारण साङ्गठनिक गतिविधि अघि बढाउन कठिनाइ भएको गुनासो बढ्न थालेपछि समाधानका लागि समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समितिले जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेश गर्न नेता नीरञ्जन थापाको संयोजकत्वमा निष्क्रिय एवं आन्तरिक समस्या समाधान तथा समन्वय समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पार्टीका केन्द्रीय सदस्य राजु बस्नेत र सदस्यहरूमा महामन्त्री प्रह्लाद शाह, सह महामन्त्रीत्रय प्रकाश रिमाल, रवीन्द्र प्रताप शाह, झनक प्याकुरेल र केन्द्रीय सदस्य पवित्रा सुब्बा श्रेष्ठ छन् ।

समितिले पदीय जिम्मेवारीमा रहेर जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्ने, गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा पार्टीका उमेदवारलाई असहयोग गर्ने, सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पार्टी र नेतृत्व लक्षित गलत अभिव्यक्ति दिने, भ्रम सिर्जना गर्ने, निर्वाचनमा होमिएका उम्मेदवारको मनोबल कमजोर हुने गरी क्रियाकलाप गर्ने, निर्वाचनको समयमा पनि निष्क्रिय रहेका विभिन्न तहगत समितिलाई कारबाहीको दायरामा ल्याउने गरी छानबिन गर्ने गर्नेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ५३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा