खोटाङका सडक कालोपत्रे गर्न जिल्ला समन्वय समितिको माग « Khabarhub

खोटाङका सडक कालोपत्रे गर्न जिल्ला समन्वय समितिको माग


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला समन्वय समिति खोटाङले चार वटा सडक कालोपत्रे गर्नका लागि बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासमक्ष माग राखेको छ।

मन्त्री ज्वालालाई आइतबार मागपत्र बुझाउँदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले हुर्लुङ-जालपा-ऐसेलुखर्क सडक, जालपा-बाक्सिला सडक, धाप्लाङ-धर्तुङ-चिसापानी-डम्बर्खुशिवालय-भञ्ज्याङखर्क सडक र ग्राभेल भइसकेको साप्सु खोला मात्तिम-मानेभञ्ज्याङ-खिदिमा-पान्धारे भोजपुर सडक कालोपत्रे गर्नका लागि प्राथमिकता क्रमभित्र राखेर बजेट व्यवस्था गरिदिन माग गरेका हुन्।

जिल्ला समन्वय समितिको चैत २५ गतेको सातौं जिल्लासभाको निर्णय अनुसार जिल्लाको प्राथमिकता क्रमभित्र राखिएका र दुईभन्दा बढी पालिका समेट्ने सडक कालोपत्रेको व्यवस्थाका लागि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय समक्ष माग राखिएको हो।

जिल्ला समन्वय समितिले दिक्तेलको अस्पतालचोकबाट साप्सुखोला, मात्तिम-टेम्मा-याम्खा-पञ्चमी-रोक्सिङभञ्ज्याङ-खोटाङबजार-चिसापानी-मौवाबोटे-बंशिलाघाट जोड्ने सडक (१५० किलोमिटर) स्तरोन्नती गर्न माग राखेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने सडकको ट्र्याक ओपन भइसकेका कारण स्तरोन्नतीको माग गरिएको जिल्ला समन्वय समिति प्रमुख राईले बताए।

यस्तै, रसुवा-सिमपानी-इन्द्रेणीपोखरी-रोक्सिङ मुलडाँडा-पान्धारे सडक, खोटाङबजार-सावा-वाप्लुखा-लिकुवापोखरी-मापाखाम-भञ्ज्याङ भोजपुर जोड्ने सडक र दिक्तेल-सोल्मा-तालखर्क-बगरेभञ्ज्याङ-पाथेका सडक ग्राभेलका लागि माग राखिएको जिल्ला समन्वय समितिले जनाएको छ।

जिल्ला समन्वय समितिले जिल्लासभामा मध्यपहाडी राजमार्ग अन्तर्गत जयरामघाट(हलेसी ९३५ किमी) सडक खण्डलाई मध्यपहाडी लोकमार्गको मापदण्डमा स्तरोन्नती गर्न मन्त्री समक्ष माग गरेको छ। हाल साँढे चार मिटर मात्र फराकिलो रहेको जयरामघाट-हलेसी सडकलाई मध्यपहाडी लोकमार्गकै मापदण्ड अनुसार बनाउन ध्यानाकर्षण गराइएको प्रमुख राईले बताए।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन